वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अनुगमन टोलीले सो उद्योगमाथि कारवाही गरेको हो । कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालको अगुवाइको अनुगमन टोलीले उक्त उद्योगले गुणस्तरहीन पानी उत्पादन तथा बिक्री वितरण गर्दै आएको पाएपछि रु दुई लाख जरिवाना गरेको छ । अनुगमन टोलीले उद्योगका सञ्चालकलाई पानीको गुणस्तर सुधार गरी पुनः परीक्षण गराई प्रतिवेदन पेश गर्न निर्देशनसमेत दिएको सो कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईले बताउनुभयो ।
बाँकेमा रासायनिक मलको चरम अभाव देखिएको छ । यतिबेला किसानलाई धानबालीका लागि मल चाहिएको छ तर, नेपालगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडले कृषकलाई मल उपलब्ध गराउन सकेको छैन । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रमेश पौडेलका अनुसार, बाँकेमा ४२ हजार हेक्टरमा खेती हुँदै आएको छ । जसका लागि छ हजार मेट्रिक टन युरिया, तीन हजार मेट्रिक टन डिएपी र १०० मेट्रिक टन पोटास मल अवश्यक पर्छ । गत आर्थिक वर्ष २०७६÷७७ मा तीन हजार ६०० मेट्रिक टन युरिया, एक हजार ७०० मेट्रिक टन डिएपी र ४० मेट्रिक टन पोटास मात्रै आपूर्ति हुँदा बाँकेमा मलको अभाव देखिएको हो ।
कृषि कम्पनी लिमिटेडले यहाँका सहकारीमार्फत किसानसम्म मल पु¥याउने गरेको छ । बाँकेका करिब १०० सहकारीले कम्पनीबाट मल खरिद गरेर किसानलाई बिक्री वितरण गर्दैै आएका छन् तर, सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई वितरण गरेर बाँकी रहेको मल मात्रै बिक्री गर्दै आएकाले आमकिसान समस्यामा पर्ने गरेका छन् । यद्यपि, जिल्ला सहकारी सङ्घले भने सबैलाई समानरुपले मल वितरण गरेको सङ्घ बाँकेका अध्यक्ष प्रेम सुवेदीको दाबी छ । कोरोना महामारीपछि बाँकेको सीमानाका बन्द भएकाले यस वर्ष सीमापारिबाट पनि सहजरुपमा मल ल्याउन नसकिएको कृषक बताउँछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस