सोल-दक्षिण कोरियाको पहिलो सैन्य सम्पर्क सेटलाईट ‘अनासिस-२’ को सफलतापूर्वक प्रक्षेपण गरिएको छ । उक्त सेटलाइट प्रक्षेपण गरे पश्चात दक्षिण कोरिया सैन्य उद्देश्यका लागि आफ्नै सेटलाइट राख्ने विश्वको दशौँ राष्ट्र बनेको छ ।
अमेरिकी रकेट निर्माता कम्पनि स्पेस एक्सले निर्माण गरेको उक्त सेटलाइट अमेरिकाको फ्लोरिडा स्थित किन्डी स्पेस सेन्टरबाट स्थानिय समय अनुसार साँझ ५:३० बजे प्रक्षेपण गरिएको थियो । उक्त सेटलाइट रकेटबाट छुट्टिए लगत्तै फ्रान्सस्थित टुलोज स्पेस अपरेटर सेन्टरसँग सम्पर्कमा आएको थियो ।
समाचार अनुसार उक्त सेटलाइटले आगामी २ हप्तामा ३६ हजार किमीमा रहेको आफ्नो कक्षमा पुग्ने छ । सम्पुर्ण परिक्षण पश्चात कोरियाली रक्षा मन्त्रालयले आगामी अक्टोबरबाट उक्त सेटलाइट आफ्नो स्वामित्वमा लिने मन्त्रालयले बताएको छ ।
यस अघि दक्षिण कोरियाले प्रयोग गर्दै आएको अनासिस-१ सम्पुर्ण प्रयोजनका लागि प्रयोग गरिदै आएको थियो । अनासिस-२ को प्रयोग भने विशुद्द सैन्य प्रयोजनमा गरिने रक्षा मन्त्रालयले बताएको छ । एयरबस युरोस्टार ई -३००० प्रविधिमा आधारित यो सेटलाईट विश्वसनीय, सुरक्षित तथा बृहत क्षेत्र समेट्ने क्षमताको रहेको समेत मन्त्रालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस