सोल-उत्तर कोरियाली शाशक किम जोङ उन प्योङयाङमा निर्माणाधिन अस्पतालको प्रगति प्रति आक्रोशित भएका छन् ।
अस्पताल निर्माणमा अति लापरवाही तथा गैर जिम्मेवारपनको हद भएको भन्दै आक्रोश पोखेका हुन् । उनले उक्त अस्पताल निर्माणमा लागिरहेका अधिकारीहरुलाई जिम्मेवारी मुक्त गराई अन्य सक्षम व्यक्तिलाई जिम्मेवारी दिन समेत भनेका छन् ।
सत्तारुढ वर्कर्स पार्टीको ७५ औँ स्थापना दिवसको अवसरमा घोषणा गरिएको महत्वकांक्षी परियोजना ‘प्योङयाङ जेनरल हस्पिटल’ अक्टुबर १० भित्रमा सक्न किमले निर्देशन दिएका थिए ।
स्थलगत निरिक्षणमा आशातित प्रगति नपाए पश्चात किम ले उक्त निर्देशन दिएको उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसिएनएले जनाएको छ ।
किमले उक्त अस्पताल निर्माणमा आर्थिक पारदर्शिता तथा जवाफदेयीताको चरम अभाव भएको बताउदै अस्पताल निर्माण समितिले काम गर्न नसकेको बताएका हुन् ।
किमले यहि गतिमा काम गइरहे अक्टोबर महिनामा अस्पताल निर्माण कार्य सम्पन्न हुनेमा आशंका व्यक्त गर्दै निर्माण गतिलाई तिव्रता दिन समेत निर्देशन दिएका छन् ।
कोरोना माहामारी फैलिन सक्ने तथा विरामीहरुको उपचारमा समस्या हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै किमले केही समय अगाडी पार्टीको स्थापना दिवसको अवसर पारेर उक्त अस्पतालको शिलान्यास गरेका थिए । किमले अस्पताल निर्माणमा भइरहेको ढीलाई बारे अध्ययन गरि विस्तृत जानकारी दिन समेत निर्देशन दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस