झापाको मेचीनगर नगरपालिका–१ स्थित बाहुनडाँगीको सारु गौडा भन्ने ठाउँका किसान २५ बिघा जमीनमा लगाएको धान मर्न थालेपछि चिन्तित बनेका छन् । धान रोपेको महिना दिनमै शुरुमा गुभो कुहिने र पछि बोटै मर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।
“रोपेको १५ देखि २० दिनभित्रमा धान हरियो देखिनुपर्नेमा सबै रातो देखिन्छ”, स्थानीय ४३ वर्षीय किसान सुवेदबहादुर भुजेल टाउकोमा हात राख्दै भन्नुहुन्छ, “गर्भैमा रोग लाग्यो, सबै धान सखाप भयो अब के खानु ।” उहाँलगायत सारु गौडाका अन्य १० जना किसानले २५ बिघा जमीनमा लगाएको धानमा यो समस्या देखा परेको छ । महँगो खनजोत, मल र बीउको प्रयोग गरी रोपेको धान सुकेपछि किसानमा थप चिन्ता बढेको छ । उहाँले गत वर्ष पनि धानमा सो समस्या देखा परेको र औषधि छिट्दा ठीक भएको बताउँदै भन्नुभयो, “धानको गुभोमा लाभ्रेजस्तो किरा देखियो, औषधि छिट्दासमेत मरेन । अगुवा रोपाइँ थियो दुई बिघा सबै सखाप भयो ।”
उहाँले तीन बिघा जमीनमा रञ्जित धान लगाएको बताउनुभयो । दुई बिघामा लगाएको धान सखाप भए पनि बाँकी रहेको कसरी बचाउने भन्ने चिन्तामा उहाँ देखिनुहुन्छ । उहाँले धानमा कुन रोग लागेको र के औषधि छिट्नुपर्छ भन्नेबारे जानकारी नहुँदा समस्या भएको बताउनुभयो ।
स्थानीय सरकारको ध्यान कृषितर्फ भन्दा पनि बाटो, पुल, कल्भर्टलगायत भौतिक पुनःसंरचनामा देखिँदा किसान मारमा परेको स्थानीय सामाजसेवी गोविन्द न्यौपानेको आरोप छ । कृषकको बालीमा लागेको रोग, मल बीउ, प्राविधिक र सिँचाइका समस्यामा स्थानीय सरकारले चासो दिनुपर्ने उहाँको भनाइ छ । “किसानलाई प्राविधिक ज्ञान छैन”, उहाँ भन्नुहुन्छ, “धानमा के समस्या आउँदा कस्तो औषधि छिट्ने भन्ने विज्ञबाट स्थानीय सरकारले बेलैमा तालीम दिएको भए किसान आफैँले सानोतिनो रोगको निदान गर्न सक्थे, आज यस्तो समस्या आउँदैन थियो ।”
कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले जिल्लामा कुनै पनि किसानले रोगका कारण धान मरेको जानकारी नदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग विज्ञ प्राविधिक छन्, समस्याबारे जानकारी पाए प्राविधिक पठाएर औषधिको व्यवस्था गर्ने थियौँ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस