सोल-दक्षिण कोरियाली सरकारी वकिलले राष्ट्रपति मुन जे इनलाई जुत्ता हान्ने व्यक्तिलाई पक्राउ गर्न जारि गरिएको पुर्जी उपलव्ध गराउन भनेका छ ।
गत विहिवार मुनले राष्ट्रिय सभामा सम्बोधन गर्दै गर्दा उनी माथि जुत्ता प्राहार गरिएको थियो ।
सोल जिल्ला अदालतको सरकारी वकिलको कार्यालयले ५७ बर्षिय अभियुक्तलाई हिरासतमा राख्नका लागि पक्राउ पुर्जी आवश्यक रहेको भन्दै पुर्जी उपलव्ध गराउन अनुरोध गरेको हो ।
जङ्ग चाक ओक नाम गरेका ती व्यक्तिलाई कानुन उल्लङ्घन गरेको तथा मानमर्दन गरेको अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको छ ।
गत विहिवार राष्ट्रपति मुनले राष्ट्रिय सभामा आफ्नो सुरुवाती सम्बोधन सकेर फर्कदै गर्दा उनीमाथि जुत्ता प्राहार गरिएको थियो । जुत्ताले उनलाई लाग्न भने पाएन ।
घटनामा संलग्नलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनालाई गम्भिर प्रकृतिको जनाउदै उनलाई तत्कालै यङ्दङ्पो प्रहरी कार्यालय लगिएको थियो ।
आक्रामण प्रयास गर्ने ति व्यक्तिले मुनले दक्षिण कोरियामा शान्ति स्थापना भएको झुटो दावा जारी राख्दै जनतालाई भ्रममा राखेको आरोप लगाएका छन् ।
उनको संलग्नता कुनै पनि समुहमा नदेखिएता पनि एक यौन दुराचारको मुद्दामा सन् १९९५ मा उनी माथि कानुनी कारवाही गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस