वि.सं.२०७७ साल साउन ०५ गते । सोमबार । ईश्वी सन् २०२० जुलाई २० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि–औशी,४३ घडी २६ पला,बेलुकी १० बजेर ४४ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– पुनर्वशु ,४१ घडी २२ पला,बेलुकी ०९ बजेर ५४ मिनेट उप्रान्त तिष्य । योग– हर्षण,३९ घडी ३४ पला,बेलुकी ०९ बजेर ११ मिनेट उप्रान्त बज्र । करण– चतुष्पद,बिहान ११ बजेर ०४ मिनेट उप्रान्त नाग,बेलुकी १० बजेर ४४ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मिथुन,दिउसो ०३ बजेर ५४ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय ०५ बजेर २१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट । दिनमान ३४ घडी ०० पला । दर्शश्राद्ध। सोमवारे औंसी। हलो तथा निशि बार्ने।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पहिला गरिएको लगानिबाट भनजस्तो नाँफा कमाउँन सकिनेछ । आट,शाहस तथा पराक्रममा बृद्धि भएर जाने तथा पुरुषार्थिक काम गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । खोजीमुलक काममा रुचि बढ्नेछ भने अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । साझको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला । आफन्त तथा अग्रजसँग मनमुटाब हुने योग रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउँनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । साझपख छोटो दुरिको यात्रा हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
कामगर्न जोस जागर आउनाले रचानात्मक कार्य शुभारम्भ गर्न सकिनेछ भने काममा सहयोग गनेहरु प्रशस्त भेटिनेछन् । लामो समयदेखि रोकिएर बसेका कामहरु सुचारु हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । प्रेम र मित्रताको वन्धन कसिलो हुने तथा पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । साझको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
गोप्यतामा ध्यान दिनुहोला,अतिगोप्य कुराहरु सार्वजनिक हुन सक्छ । प्रेममा रमाउन चाहनेहरुका लागि समय घातक हुन सक्छ । खानपान तथा बाहिरी वातावरणको ख्याल नगर्दा रोगले सताउनेछ । तरपनि लामो दुरिको विदेश यात्रा हुने तथा विदेशमा बसेर काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । साझको समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आम्दानिका नयाँनयाँ स्रोतहरु प्राप्त हुनेछ भने व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । खनिज पदार्थ तथा तरल पदार्थसँग सँग सम्बन्धित बस्तुको व्यापार फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । आफन्त तथा दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । साझको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
सामाजिक काममा रुचि बढ्ने तथा सामाजिक जिम्मेवारी बहन गर्नु पर्नेछ । कर्मक्षेत्रमा तपाईको प्रशंसा गर्नेहरु प्रशस्त भेटिनेछन् । व्यापारमा बृद्धि हुनाले थप लगानिको वाताबरण बन्नेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिवर्तन गरि भनेजस्तो लाभ लिन सकिनेछ । अध्ययन तथा अनुशन्धानमा दिईएको समयबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
स्वास्थ्य सम्बन्धि समस्या आउने तथा उपचार खर्च बढ्ने योग रहेकोछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेभएपनि बाटोमा दुख हुन सक्छ । खोजीमुलक क्षेत्रमा रुचि भएपनि समय दिन नसकिने हुनाले नतिजा अरुतिरै जानेछ । प्रणय सम्बन्धमा मनमुटाव बढ्ने हुनाले आजको दिन सँगै नभए राम्रो हुनेछ । तपाईको सानो गल्ति तथा साना साना टिप्पणीको आलोचना हुनेछ । साझपख कृषि क्षेत्रमा समय लगानी गरि आम्दानी बढाउँन सकिनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
रमाईलो तथा पारिवारिक माहोलमा दिन बित्नेछ भने पारिवारिक माहोलमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउनेछ । भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । साझको समय मध्ययम रहेकोले सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग गर्दा ख्याल गर्नुहोला ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई किनार लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नाले मन उत्साहित हुनेछ । सत्रु परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । स्रोत साधन जुटाउँदै व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापार व्यावसायमा लगानि गर्ने वाताबरण बन्ने भएपनि सोचेजस्तो आम्दानि गर्न निकै समय खर्चनु पर्नेछ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुँनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुँनेछ । साझको समय राम्रो रहेकोले प्रेममा नजिक हुन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समय तथा परिस्थितिसँग जुध्न नसक्दा अरुभन्दा पछि तपाईँको नाम आउँनेछ । राजनीति तथा सामाजिक काममा आलोचना सहितको समर्थन प्राप्त हुनेछ । सस्कार तथा सस्कृति बिर्सनाले अग्रजहरु रिसाउनेछन् । मन परेको मानिस टाडिनाले मनमा खिन्नता पैदा हुनेछ । सेवामुलक व्यावसाय फस्टाएर जानेछ । तरपनि कृषि क्षेत्रका समय लगानी गर्नेहरुका लागी समय राम्रो रहेकोछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस