सोल-हाल दक्षिण कोरियामा खटाइएका अमेरिकी सैनिकको संख्या घटाउन पेन्टागनले ह्वाइट हाउस समक्ष केही विकल्प सार्वजनिक गरेको छ ।
अमेरिकी अखवार ‘द वाल स्ट्रिट जर्नल’ले जनाए अनुसार पेन्टागनले अमेरिकी फौजको संख्या कम गर्न गएको मार्च महिनामा नै ह्वाइट हाउसलाई विकल्प दिएको थियो ।
पेन्टागनले उत्तर-दक्षिण कोरिया विच भइरहेका घटना तथा अन्य विश्वभरका घटनालाई मुल्याङ्कन गर्दै कोरिया, मध्य पूर्व तथा अफ्रिकामा तैनाथ सेनाको संख्या घटाउन भनेको थियो । हाल दक्षिण कोरियामा २८,५०० जना अमेरिकी सैनिक कार्यरत छन् । उनीहरुको संख्या गत डिसेम्बरबाट नै घटाउन प्रस्ताव गरिएको थियो ।
पछिल्लो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीमा तैनाथ आफ्ना सैनिकको संख्या कटौति गर्ने योजना अगाडी ल्याएका थिए ।
पछिल्ला दिनहरुमा दक्षिण कोरियामा तैनाथ अमेरिकी सैनिकहरुको बारेमा पनि पुनरावलोकन गरिनु पर्ने आवाज अमेरिकी अधिकारीहरुबाट उठीरहेको छ ।
सन् २०१९ मा दक्षिण कोरियाले अमेरिकी फौजलाई ८७० मिलियन अमेरिकी डलर भुक्तान गरेको थियो भने यस बर्षका लागि अमेरिकाले १.३ विलियन अमेरिकी डलर माग गरेको छ ।
ढीला गरि दक्षिण कोरियाले अमेरिकाको उक्त प्रस्तावमा सहमति समेत जनाएको समाचारमा जनाइएको छ । यो खर्च गत वर्षको भन्दा १३ प्रतिशतले बढी हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस