सोल – दक्षिण कोरियाले शुक्रवार स्थानिय सेल्ट्रियन नामक कम्पनिको कोरोना संक्रमणसँग जुध्न तयार गरिएको खोपलाई मानिसमा परिक्षण गर्न अनुमति दिएको छ । यो दक्षिण कोरियाकै पहिलो एण्टीबडी औषधि हो जुन मानवमा परिक्षण गरिदै छ ।
विश्वभर महामारीका रुपमा फैलिइरहेको कोरोना महामारीले ५ लाख ८० हजार मानिसको ज्यान लिइसकेको छ भने १ करोड ४० लाख मान्छे प्रभावित बनेका छन् । यस महामारीलाई नियन्त्रण गर्न विश्वभरका बैज्ञानिकहरु औषधि तथा खोप निर्माणमा जुटिरहेका छन् ।
दक्षिण कोरियामा खोप निर्माण गर्दै आएको सेल्ट्रियन कम्पनिका अनुसार यसले भाइरसको सतहलाई कमजोर बताइ मानिसमा भएका कोशहरुमा प्रवेश गर्न दिदैन । जनावरमा परिक्षण गरिसकिएको उक्त औषधि अस्पतालको सहयोगमा ३२ जना स्वस्थ मानिसहरुमा प्रयोग गरिने छ ।
सन् २०२० भित्रै सम्पुर्ण परिक्षण समाप्त गरि उक्त औषधिलाई सन् २०२१को सुरुवातीबाट नै बजारमा पठाउने तयारी भइरहेको कम्पनिले जनाएको छ । समाचार संस्था रोयटर्स सँग कुरा गर्दै कम्पनिका सिईओ कि वु सुङले व्यापक मानव परिक्षण पश्चात उक्त औषधि कोरियामा विक्री गरिने तथा कोरियाको बजार ब्यवस्थापन पश्चात अन्तराष्ट्रिय बजारमा उक्त औषधि पठाइने छ ।
उनले औषधिको मुल्य सर्वसाधारण जनताले किन्न सक्ने बनाउन पर्नेमा समेत जोड दिएका छन् । विकसित मुलुकमा रेमिडिसिभिर नामक औषधि २३४० अमेरिकी डलरमा विक्रि भएको जनाउदै उक्त मुल्य सर्वसाधारण जनताको पहुँच बाहिर भएका कारण सहज मुल्य राख्नु पर्नेमा समेत जोड दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस