काठमाडौं- सुनसरीमा प्रहरीको गोली लागि एक जना घाइते भएका छन् ।
घाइते हुने हरिनगर ७ सुकुम्बासी टोलमा बस्दै आउका २० वर्षीयका सहजव जट हुन् । पेटमा गोली लागेका बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोष्टमा खटिएको टोली माथि शुक्रवार आक्रमण भएपछि प्रतिकार गर्दा गोली चलाएको जानकारी दिएको छ । तस्करीको विषयमा प्रहरीको हतियार खोस्न खोजेपछि झडप भएको थियो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले भने, “उनीहरुको समुहले तस्करीको विषयमा विवाद भएपछि प्रहरीको हतियार खोस्न खोजे, ढुङ्गा प्रहार भयो । त्यसपछि प्रहरीले गोली चलाएको हो ।”
त्यसैगरी घटनामा प्रहरी जवान जिवराज विसङ्खे पनि घाइते भएका छन् । दुबै जनाको धरानमा उपचार भइरहेको छ ।
बिहिवार मात्र सुनसरीकै सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको थियो ।
गोलाबारीमा परी दुई जना तस्कर घाइते भएका थिए। देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव घाइते भएका थिए। तस्करका साथबाट प्रहरीले एउटा पेस्तोल, छ राउण्ड गोली र दुई वटा म्याग्जिन बरामद गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस