काठमाडौँ- आइतबारदेखि पाँच दिन देशभर निकै ठूलो वर्षा हुने र त्यसले व्यापक रूपमा बाढी र पहिरो निम्त्याउने भएकाले जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा गई ज्यान जोगाउन विज्ञले अपिल गरेका छन् ।
बाढी तथा पहिरोको जोखिम क्षेत्रमा रहेका बासिन्दालाई आइतबारदेखि ५ दिन पाहुना लागेरै भए पनि सुरक्षित स्थानमा गई ज्यान जोगाउन राष्ट्रिय जोखिम विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सल्लाह दिएका छन्।
यो हप्ता देशैभर ठूलै वर्षा हुने र त्यसले पहाडमा पहिरो र तराईमा बाढीको प्रकोप व्यापक हुने देखिएकाले विशेषगरी सोमबारदेखि जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन मौसम तथा विपद्सम्बन्धी निकायले गरेको संयुक्त अनुमानअनुसार प्राधिकरणले अनुरोध गरेको छ ।
शुक्रबार प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलको अध्यक्षतामा जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग, ऊर्जा तथा जलस्रोत विभागसहितले संयुक्त पत्रकार सम्मेलन गर्दै साउन ४ देखि ८ गतेसम्म ठूलो पानी परी बाढी पहिरो जानसक्ने भएकाले सबैलाई सतर्क रहन आह्वान गरेका छन्।
यही साउन ४ देखि ८ गतेसम्म ठूलो पानी परेर फेरि बाढी, पहिरो जानसक्ने संभावना छ, सचेत बनौं, सतर्क रहौं, सुरक्षित होऊ… pic.twitter.com/Dk2birlvNW
— NDRRMA (@NDRRMA_Nepal) July 17, 2020
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस