काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर नेपालको सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीले यस प्रकरणमा भारतले नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको बताए ।
भानुजयन्तीको अवसरमा मदनभण्डारी कला साहित्य प्रतिष्ठानले सोमबार बालुवाटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भगवान् रामको राज्य अयोध्या नेपालको वीरगन्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको स्पष्ट पारे ।
‘हामी अहिले पनि भ्रममा छौं हामीले भारतका राजकुमार रामलाई दियौं भनेर । तर, भारतका राजकुमारलाई होइन, सीता अयोध्याका रामलाई दिएका हौं । अयोध्या भनेको वीरगन्जभन्दा पश्चिमको गाउँ हो, जुन नेपालमा नै पर्छ,’ प्रधानमन्त्री ओलीले भने ।
अयोध्या वीरगन्जको पश्चिमपट्टि ठोरीमा, वाल्मीकि आश्रम यही नेपालमा रहेको भन्दै प्रधानमन्त्री ओलीले दशरथबाट सन्तान नभएपछि पुष्टि यज्ञ लगाउने पण्डितजी रिडीको भएको भन्दै ओलीले भने, ‘दशरथका सन्तान राम पनि भारतीय हुँदै होइनन्, अयोध्या पनि भारतको होइन, नेपालको हो ।’
प्रधानमन्त्री ओलीले अयोध्या भारतले आफ्नो भनी दाबी गरेको ठाउँमा भएको भए त्यहाँका राजा विवाह गर्न जनकपुर कसरी आइपुगे भनेर प्रश्न गरे । ‘त्यसबेला टेलिफोन मोबाइललगायतका आधुनिक सञ्चार माध्यम केही थिएन त्यसैले नजिकै वरवधु खोजिन्थो र विवाह गरिन्थ्यो, टाढा पुग्ने काम हुँदैनथ्यो,’ प्रधानमन्त्री ओलीले भने ।
अयोध्या ठोरीमा भएका तर्कलाई पुष्टि गर्ने आधार दिँदै उनले भने, ‘रामले सीतालाई (अहिले भनिँदै आएको) अयोध्याबाट त्यत्रो दिन लगाएर वाल्मीकि आश्रममा छोडेको होइन ।’
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ओलीले हिमवत्खण्डको भूगोल र संस्कृति व्यापक भएको बताए । प्रधानमन्त्री ओलीले नेपालीका आदिकवि भानुभक्त आचार्यले रामायणमा नेपाली लोकभाषाको प्रयोग गरी त्यसका माध्यमबाट मानिसलाई जोड्दै राष्ट्रियतालाई बलियो बनाएको आजको अन्नपूर्ण पोस्टले समाचार छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस