गुल्मीको इस्मा गाउँपालिकामा पहिरोबाट ३ सय घर परिवार बिस्थापित भएका छन् । जिल्लाका बिभिन्न स्थानमा गएको पहिरोमा २ सय ४८ घर बिस्थापित भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।अबिरल वर्षासँगै गएको पहिरोले इस्मा गाउँपालिकामा दुई जनाको मृत्यु भयो भने ५ जना घाइते भए । पहिरोले गाउँपालिकाको–१ मा १ सय ३६ घर, वडा नम्बर–४ मा ५० घर र वडा नम्बर ६ मा ८ घर बिस्थापित भएको पन्थीले जानकारी दिए ।
पहिरोबाट मुसिकोट नगरपालिकामा ५४ घर बिस्थापित भएको जिल्ला प्रशासन कार्यालय, गुल्मीले जनाएको छ । बाढी पहिरोबाट हुनसक्ने क्षतीलाई मध्य नजर गरेर प्रत्येक स्थानीय तहले आफ्नो विपद् व्यवस्थापन कोषमा थप बजेट छुट्याउने भएका छन् ।जिल्लाभित्र जुनसुकै पालिकामा हुने विपदको सामना गर्न प्रभावित पालिकालाई सबै पालिकाले आर्थिक भौतिक, तथा मानवीय सहयोग गर्ने निर्ण भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । प्रभावित क्षेत्रमा राहत वितरणको लागि सरोकारवाला सबै संघसंस्था कार्यालयहरुले पालिकासँग समन्वय गरी एकद्वार प्रणालीबाट मात्र सहयोग गरिने भएको छ ।
पहिरोबाट इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकामा गएको पहिरोले मुल सडक नै अवरुद्ध हुँदा खोज तथा उद्धार कार्यमा प्रत्यक्ष असर परेको छ । विस्थापित घरपरिवारहरुलाई खानेपानी, विद्युत् आपूर्ति, सिचाईँ, टेलिफोन तथा राहत वितरण लगायत अन्य व्यवस्थापन कार्यमा समस्या परेको छ ।जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका अन्य इलाकाहरुमा पनि पहिरोबाट सडक अवरुद्ध भएकाले पूर्वाधार विकास कार्यालय, मदन भण्डारी राजमार्ग आयोजना कार्यालय, कालिगण्डकी कोरिडोर सडक निर्माण कार्यालय हर्मिचौर, सडक डिभिजन कार्यालय पाल्पा, शहरी विकास तथा भवन कार्यालय पाल्पा, सडक डिभिजन कार्यालय शिवपुर, संघीय आयोजना कार्यान्वयन इकाइ, रुपन्देहीले आफ्नो क्षेत्राधिकार भित्रका सडकहरु तत्काल सुचारु गर्ने गराउने निर्णय गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस