काठमाडौँ -किरिया बसेको नौ दिनमा गुल्मीको रुरु गाउँपालिका–५ बम्घा बोटेगाउँका ६६ वर्षीय श्यामशरण भण्डारी घर फर्किएका छन् । उनी घर फर्किएपछि किरिया बसेका परिवारजन र आफन्तजन चकित परेका आजको नयाँ पत्रिकाले समाचार छापेको छ।
समाचार अनुसार बोटेगाउँमा सात वर्षदेखि एक्लै बस्दै आएका उनी २५ दिनदेखि बेपत्ता थिए । उनकी पत्नी र छोरा रूपन्देहीको मणिग्राममा बस्दै आएका छन् । उनी हराएपछि आफन्तजले खोजी गरेका थिए । उनीहरूले वडा कार्यालय र प्रहरीलाई पनि हराएको जानकारी दिएका थिए ।
१९ असारमा रुरु गाउँपालिकाको बम्घा र रिमुवानजिक बडिगाड नदीमा एक पुरुषको शव भेटिएको थियो । शरीरमा लुगा नभएकाले पहिचान गर्न सकिएको थिएन । श्यामशरण हराएकाले प्रहरीले उनको परिवारलाई खबर ग¥यो । शवसँग उनका धेरै कुरा मिलेका परिवार र आफन्तजनले स्वीकार गरेको छिमेकी धाता पाण्डेयले बताए । ‘उनीजस्तै थिए, त्यसैले परिवार र सिंगो गाउँलेले नै श्यामशरण नै भनेका हुन्,’ पाण्डेयले भने ।
परिवार र गाउँलेले स्वीकारेपछि प्रहरीले पनि मुचुल्का उठायो । त्यही दिन प्राथमिक स्वास्थ्य केन्द्र, खैरेनीमा शवको पोस्टमार्टम गरियो । २० असारमा परिवार र छिमेकीले रुद्रवेणी घाटमा दाहसंस्कार पनि गरे र काजकिरियामा बसे ।
किरिया बसेको नवौँ दिन शनिबार बिहान ८ बजेतिर पाल्पाको रैनादेवी गाउँपालिका–१ अर्चलेमा श्यामशरण जीवित फेलापरेको भन्ने फोन आउँदा भने परिवारजन मात्रै होइन, गाउँले पनि झस्किए । सबैभन्दा पहिले अर्चलेबाट रुरु गाउँपालिका–५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीलाई खबर आएको थियो । ‘खबर पाएको केहीबेरमै अर्चले पुगेर मान्छे जीवित देख्दा अचम्म लाग्यो,’ वडाध्यक्ष ज्ञवालीले भने । त्यसपछि आफन्त र प्रहरीलाई खबर गरेर शनिबार साँझ परिवारलाई बुझाएको वडाध्यक्ष ज्ञवालीले बताए ।
रुरु गाउँपालिका–१ रिडीबाट पत्रकार चुरामणि तिमल्सेनासहित स्थानीय बासिन्दा श्यामशरणलाई लिएर बुटवल पुगेका थिए । ‘शनिबार साँझ ६ बजेतिर उनको घर पुग्दा मान्छेको भिडभाड थियो । श्यामशरणलाई देख्नेबित्तिककै त्यहाँ भएका मान्छे मात्रै होइन, परिवारजन पनि झस्किए,’ तिमल्सेनाले भने । उनलाई बुझाएको फोटो खिच्न खोजे पनि परिवारजनले नमानेको उनले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस