काठमाडौं-बाढीपहिरोले देशका विभिन्न भागमा ठूलो धनजनको क्षति पुर्याउन थालेको छ।
बिहीबार राति २३ जनाले ज्यान गुमाउनुका साथै ३६ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार २६ जना घाइते छन्।
केन्द्रको शुक्रबार साँझ ५ बजेसम्मको तथ्यांकअनुसार कास्कीको पोखरा महानगरपालिका र जाजरकोटको बारेकोट गाउँपालिकामा ७÷७, म्याग्दीका धौलागिरि र मालिका गाउँपालिका अनि लमजुङको बेसीसहर नगरपालिकामा ३÷३, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा २ र गुल्मीको कालीगण्डकी गाउँपालिकामा एक जनाको मृत्यु भएको हो।
म्याग्दीमा ३१ र जाजरकोटमा पाँच जना बेपत्ता छन्। कास्कीमा १७, रुकुम पश्चिममा १, जाजरकोटमा ५, लमजुङमा ३ जना घाइते छन्।
पछिल्लो २४ घण्टामा प्राकृतिक प्रकोपबाट प्रभावित जिल्ला आठवटा रहेको केन्द्रको मनसुनजन्य घटना विवरणमा उल्लेख छ।
यीमध्ये दोलखामा पहिरो र तनहुँमा बाढी गए पनि क्षति नभएको केन्द्रले जनाएको छ। ६ जिल्लामा पहिरो गएको विवरणमा जनाइएको छ। बुधबार मध्यरात बाढीले सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा बाढीले दुईवटा बजारै तहसनहस पार्दा २ जनाको ज्यान गएको थियो। २२ जना बेपत्ता भएका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस