काठमाडौँ- सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीभित्र बढेको विवाद अन्त्यका लागि आज भेटवार्ता हुने/नहुने निश्चित भएको छैन।
स्रोतका अनुसार तीन दिनसम्म भएको छलफलमा पनि अध्यक्षद्वयबीच कुनै सहमती नभएपछि उनीहरुबीच थप छलफल अनिश्चित बनेको नेकपा ले जनाएको छ। सोमबारदेखि बुधबारसम्म लगातार तीन दिन ओली प्रचण्डबीच ‘वान टु वान’ वार्ता भएको थियो।
जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने आवाज चर्को रुपमा उठेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ। पटक पटक स्थगीत हुँदै आएको स्थायी कमिटी बैठक असार २६ गते बस्ने बताइएको छ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज थप छलफल हुने नहुने निश्चित भएको छैन । ‘उहाँहरुबीच आज भेटवार्ता हुने/नहुने निश्चित भएको छैन,’ थापाले भने, ‘छलफलको लागि समय निर्धारण भएको छैन, के हुन्छ, ठेगान छैन।’
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले पनि आज अध्यक्षद्वयबीच छलफलको लागि समय तय नभएको जानकारी दिए। उनले अध्यक्ष प्रचण्डसँग अन्य नेताहरुकाे छलफलको लागि पनि समय निर्धारण नभएको बताए।
बुधबार भएको छलफलमा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्याएका छन्। यसबाट प्रचण्ड थप रुष्ट बनेको अड्कल काटिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस