काठमाडौं-फ्रान्सको पेरिसस्थित ८५० वर्ष पुरानो ऐतिहासिक नोट्र डाम क्याथेड्रल चर्चमा भीषण आगलागी भएको छ । चर्चमा नेपाली समयअनुसार सोमबार राति आगलागी भएको हो ।
आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगोले चर्चको माथिल्लो भाग खरानी बनाएकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बीबीसीका अनुसार चर्चका थप कला कृति क्षति हुन नदिन अग्निनियन्त्रकहरु खटिइरहेका छन् । यद्यपि, नियन्त्रणको प्रयास सफल भएको छैन ।
फ्रान्सको इतिहास र सभ्यता बोकेको चर्चमा कसरी आगो फैलियो भन्ने खुलेको छैन । यद्यपि, जीर्णोदारको काम भइरहेकाले यसको सम्बन्ध आगलागीसँग हुनसक्ने अनुमान गरिएका छन् ।
पेरिसको अभियोजनकर्ताको कार्यालयले घटनाबारे अनुसन्धान थालेको बताएको छ ।
आगलागीलगत्तै चर्च पुगेका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले इतिहासमा क्षति पुगेकाे भन्दै आगलागीप्रति दुःख व्यक्त गरेका छन् । उनले फ्रान्सेलीहरुले हातेमालो गरेर चर्चलाई पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाएका छन् ।
‘यो चर्च हाम्रो इतिहास हो । यसलाई हामी सबै फ्रान्सेली मिलेर पुरानै अवस्थामा पुर्याउने छौं’, राष्ट्रपति म्याक्रोनले चर्चमा भएको क्षतिबाट स्तब्धहरुलाई शान्त्वना दिँदै भनेका छन् ।
ऐतिहासिक यो चर्च निकै जीर्ण अवस्थमा पुगेको थियो । अघिल्लो वर्ष मात्रै यसको जीर्णोदारका लागि आर्थिक सहयोग जुटाइएको थियो र धमाधम काम भइरहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस