काठमाडौं-संयुक्त राष्ट्रसंघ अन्तरगतको विश्व खाद्य कार्यक्रमले उत्तर कोरियामा रहेका करिव ७ लाख ७१ हजार नागरिकका लागि मानवीय खाद्यान्न कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
शनिवार विश्व खाद्य कार्यक्रमको समाचारमा सो विषयमा उल्लेख गरिएको भ्वाइस अफ अमेरिकाले जनाएको छ ।
समाचार अनुसार उत्तर कोरियामा डिसेम्बरको अन्त्य सम्ममा करिव ३० लाख मानिसहरुमा खाद्य संकट आउन सक्ने छ ।
उक्त समस्यासँग जुध्न कार्यक्रमले जुलाई बाट डिसेम्बर सम्मका लागि २७.५ मिलियन अमेरिकी डलर वरावरको खाद्यान्न साहायता गर्ने भएको हो ।
विश्व खाद्य कार्यक्रमका अनुसार करिव २ महिना बन्द भएर खुलेका उत्तर कोरियाली विद्यालयमा अध्ययनरत वालवालिकाहरु पौष्टिक आहार सुविधाबाट बञ्चित रहेका छन् ।
समाचार अनुसार उत्तर कोरियाका करिव ८५ प्रतिशत बालबालिकाले पौष्टिक आहार विद्यालयबाट नै प्राप्त गर्दछन् ।
लामो समयको विद्यालय बन्दका कारण उनीहरुको स्वास्थ्यमा नकारात्मक असर परेको पनि समाचारमा जनाइएको छ ।
विश्व खाद्य कार्यक्रमले अमेरिकाकै एक रेडियो सँगको कुराकानीमा न्युनतम खाद्यान्नबाट समेत बञ्चित भएका उत्तर कोरियाली नागरिकहरुलाई खाद्य साहायता गर्ने कार्यक्रम रहेको बताएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस