सोल-उत्तर कोरियाबाट देश निकाला गरिएका तथा त्यहाँ बाट भागेर दक्षिण कोरिया आएका उत्तर कोरियाली नागरिक हाल आएर दुबै देशका लागि टाउको दुखाईको विषय बन्न थालेका छन् ।
पछिल्ला दिनहरुमा उत्तर दक्षिण सिमा क्षेत्रमा उनीहरुद्वारा सञ्चालित उत्तर विरोधी गतिविधि, वेलुन मार्फत गरिएका पर्चावाजी आदी कारणले उत्तर कोरिया दक्षिण कोरियासँग रुष्ट बनेको छ ।
उत्तर कोरियाले त ति उत्तर कोरियाली नागरिकहरुलाई मान्छेको नाममा कलंक रहेको बताएको छ । आफ्ना शासकको मानमर्दन गर्न खोजेको बताउदै राज्यका शत्रुको रुपमा चित्रित गरेको छ ।
यता दक्षिण कोरियाले पनि उनीहरुकै कारणबाट सिमा क्षेत्रमा तनाव आएको भन्दै उनीहरुको साथ छोडेको तथा उत्तर विरोधी गतिविधि गरेको पाइएमा कारवाही गर्ने सम्म बताइसकेको छ ।
केही समय अगाडी उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले उत्तर विरोधी प्रदर्शनकारीहरुलाई भुस्याहा कुकुरको संघ्या समेत दिएकि थिइन् । उनको उक्त भनाई पश्चात ति प्रदर्शनकारीको परिवारमा उत्तर विरोधी धारणा झन् शशक्त बनेको उत्तरसँग सरोकार राख्नेहरुले बताएका छन् ।
पछिल्ला दिनहरुमा उत्तर विरोधी प्रदर्शनमा तिव्रता आए पश्चात उत्तर कोरियाले प्रदर्शनकारीहरुका गतिविधिहरुमा कडा निगरानी राख्न थालेको छ ।
निस्कासितहरुले दक्षिणमा काम गरि उत्तरमा पैसा पठाउने क्रम पाइए पश्चात उत्तर कोरियाले त्यसमा समेत कडाई गर्न थालृको छ । समाचार अनुसार उनीहरुले वार्षिक करिव २३ मिलियन अमेरिकी डलर सम्म उत्तर कोरिया पठाउने गरेका छन् ।
यता पछिल्ला दिनहरुमा दक्षिण कोरिया पनि उत्तर कोरियाली निश्कासित नागरिकहरुका गतिविधिको विरुद्धमा लागेको छ । हाल उसले उत्तर विरोधी सम्पुर्ण प्रदर्शन निश्तेज त पारेको छ नै, त्यसका अलावा सम्भावित कार्यालयहरुमा छापा मार्ने तथा पक्राउ गर्ने सम्मका कारवाही गर्न थालेको छ । यसो गरिदा उत्तरबाट दक्षिण आएका नागरिक दुबै देशको चेपुवामा परेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस