सोल- दक्षिण कोरियामा हालै कोरोना संक्रमित महिलाको फोक्सोको जटिल शल्यकृया सफल भएको छ ।
अन्दाजी ५० बर्षिया ति महिलाको फोक्सो प्रत्यारोपणको जटिल शल्यकृया कोरोना संक्रमणकै विचमा सफल गरिएको हो ।
हाल्यम युनिभर्सिटी सेक्रेट हार्ट अस्पतालले जनाए अनुसार ति महिलामा दाताले दिएको फोक्सो सफलतापूर्वक प्रत्यारोपण गरिएको हो ।
नाम गोप्य राखिएकि ती महिला कोरोनाका कारण गम्भिर स्वास्थ्य समस्यामा थिइन् । गम्भिर स्वास्थ्य समस्याका वावजुत पनि उनको जुन २१ मा सफल शल्यकृया भएको अस्पताल श्रोतले बताएको छ ।
अस्पतालका अनुसार कोरोना संक्रमितको यस प्रकृतिको शल्यकृयाको घटना दक्षिण कोरियामा नै पहिलो तथा विश्वमा नवौँ हो ।
यसअघि चिन, अमेरिका तथा अष्ट्रियामा समेत कोरोना संक्रमित व्यक्तिहरुका यस प्रकृतिका शल्यकृया भइसकेका छन् ।
फेब्रुअरी २० मा अस्पताल भर्ना भएकि ति महिलामा श्वास प्रसश्वासको गम्भिर समस्या थियो । स्वास्थ्य समस्या अझ गम्भिर बन्दै गए पश्चात उनलाई ईसीएमओ मेसिनमा राखेर उपचार गरिदै आएको थियो । उनलाई ११२ दिन उक्त मेसिनमा राखेर उपचार गरिएको थियो जुन कोरियामा सबै भन्दा बढी समय उक्त मेसिनमा राखेर गरिएको उपचार हो ।
अस्पताल श्रोतका अनुसार हाल ती महिलामा कोरोना संक्रमण नरहेको तथा आफैले सास फेर्न सक्ने स्थितिमा पुगेको अस्पताल श्रोतले जनाएको छ ।
पूर्ण रुपमा ठीक हुन केही समय लाग्ने भएता पनि हाल उनको अवस्था खतरामुक्त रहेको पनि अस्पतालले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस