सोल-अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार रोवर्ट ओ व्रियनले उत्तर कोरियालाई सस्ता अफवाह फैलाउने काम बन्द गरि वार्ता मार्फत कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न सकारात्मक भुमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
उनले उत्तर कोरियाले प्रोपोगाण्डाको पछि नलागि वार्ता मार्फत समस्या समाधान गर्नु पर्ने बताएका हुन् ।
उनले अमेरिकाले नेता किम जोङ उनकै शासनकालमा उत्तर कोरियामा आर्थिक समृद्धी हेर्ने अमेरिकी चाहाना भएको बताउदै ट्रम्प प्रशाशनको चाहाना समेत उत्तर कोरियामा आर्थिक समृद्धी तथा कोरियाली प्रायद्वीपमा दीगो शान्ति रहेको स्पष्ट पारेका छन् ।
यसका लागि उत्तर कोरियालाई अफवाह फैलाउन छाडेर वार्तामा बस्न समेत अपिल गरेका छन् ।
उत्तर कोरियाले वार्ताको वातावरण विगारेको आरोप लगाउदै उसलाई गम्भिर रुपमा प्रस्तुत हुन भनेका व्रियनले वार्ताको ढोका भने बन्द नभइसकेको बताएका छन् । हालको परिस्थितिमा उत्तर कोरियाको सकृय सहभागिताको अपेक्षा अमेरिकाले गरिरहेको पनि उनले बताएका छन् ।
सन् २०१८ मा अमेरिका र उत्तर कोरिया विच आणविक हतियार निशश्त्रीकरण सम्झौता भएको तथा सिङ्गापुरमा भएको ट्रम्प किम वार्तामा पनि उक्त सम्झौताका विषयमा चर्चा भएको थियो । सम्झौता पश्चात उत्तर कोरियाले आफ्ना केही आणविक भट्टीहरु ध्वस्त समेत बनाएको थियो ।
सम्झौता अनुरुप अमेरिकाले उत्तर कोरियालाई दिने भनेको साहायता उपलव्ध नगराए पश्चात उत्तर कोरिया पुनः रुष्ट बनेको हो ।
अमेरिकाले भने उत्तर कोरियाले सम्पुर्ण आणविक कारखानाहरु बन्द गरेको आधिकारिक प्रमाण उत्तर कोरियाले प्रस्तुत गर्न नसकेको, संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदलाई अनुगमन गर्न वाधा उत्पन्न गराएको लगायतका कारणले उत्तर कोरिया माथि विश्वास गरिहाल्ने वातावरण नभएको बताएको छ ।
उत्तर कोरियालाई उसले विश्वासको वातावरण सृजना गर्न, अफवाह बन्द गर्न तथा वार्ताकै माध्यमबाट समस्या समाधान गर्न अनुरोध समेत गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस