सोल-दक्षिण कोरियाको एकिकरण मन्त्रालयले दक्षिण कोरियामै रही उत्तर विरोधी पर्चा पम्प्लेट तथा पर्चावाजी गर्ने समुहका मानिसहरुको आवाज माथि सुनुवाई गर्ने भएको छ ।
मन्त्रालयले सोमवार उनीहरुलाई अन्तिम मौका दिदै आफ्ना मागहरु स्पष्ट राख्न तथा पर्चा उडाउनुको कारण खुलाउन समेत भनेको छ । मन्त्रालयका अनुसार जायज मुद्दा नल्याएमा सरकारले उनीहरुलाई दिदै आएको सेवा सुविधा समेत कटौति गर्ने भएको छ ।
सरकारको यो निर्णय उत्तर कोरिया विरोधी गतिविधि गरिरहेका उत्तर कोरियाली नागरिकहरुलाई प्रहरी कारवाही गर्ने सम्मको निर्णय आएको केही हप्तामा आएको हो ।
उत्तर कोरियाबाट देश निकाला गरिएका नागरिकहरुले स्वतन्त्र उत्तर कोरिया तथा स्वतन्त्र क्वेन्सेमको माग राख्दै सिमा क्षेत्रमा तनाव सृजना गरे पछि सरकारले उनीहरुलाई सो अवसर प्रदान गरेको हो ।
मन्त्रालयका एक अधिकारीका अनुसार सरकारले २९ जुन अर्थात सोमवार आफ्ना औपचारीक धारणा सहित प्रस्तुत हुन उनीहरुलाई भनेको छ । यदि उनीहरुको धारणा चित्त बुझ्दो नभेटिएमा उनीहरुले पाइरहेका विभिन्न अघिकारहरु कटौति गरिने समेत सरकारी अधिकारीले बताएका छन् ।
मन्त्रालयले बताए अनुसार यदि ति समुहका मानिसहरुले आफ्ना गतिविधिहरुको औचित्य प्रष्ट्याउन नसकेमा उनीहरुलाई दिइदै आएको परमिट रद्द गरिने छ । उक्त परमिट रद्द भएमा उनीहरुले प्राप्त गर्दै आएको आर्थिक सहयोग लगायतका अन्य सेवा तथा सुविधा कटौति समेत हुने छ भने ति समुहका मानिसहरु सरकारलाई कर तिर्न समेत अयोग्य रहने छन् ।
दक्षिण कोरियाले ती समुहहरु उत्तर दक्षिण सिमा क्षेत्रमा विवाद निम्त्याउने प्रमुख कारक भएको बताउदै सिमा समस्याको समाधानका लागि उक्त समुहहरुलाई नियन्त्रणमा लिनुको विकल्प नरहेको समेत स्पष्ट पारेको छ ।
दक्षिण कोरियाले उनीहरुलाई नियन्त्रणमा लिन नसकेकै कारण उत्तर कोरियाले सन् २०१८ को सैन्य सम्झौता समेत तोड्ने र दक्षिण विरुद्ध सैन्य कारवाही गर्ने चेतावनी दिईसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस