वि.सं.२०७७ साल आषाढ १५ गते । सोमबार । ईश्वी सन् २०२० जुन २९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि–नवमी,४१ घडी ०३ पला,बेलुकी ०९ बजेर ३८ मिनेट जादा दशमी । नक्षत्र–हस्त,०५ घडी २६ पला,बिहान ०७ बजेर २३ मिनेट उप्रान्त चित्रा । योग– परिध,३१ घडी ४९ पला,बेलुकी ०५ बजेर ५६ मिनेट उप्रान्त शिव । करण– बालव,बिहान १० बजेर ५२ मिनेट उप्रान्त कौलव,बेलुकी ०९ बजेर ३८ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा– वज्र योग । चन्द्रराशि–कन्या,बेलुकी ०६ बजेर ३३ मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय ०५ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३२ पला । दानदिवस । रोपाई महोत्सव । दहिच्युरा खानेदिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समय मध्ययम रहेकोले सानो कामलाई पनि पुनह गर्नु पर्दा मन खिन्न हुनेछ । बिवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुनै हावी हुनेछन् । ऋण लाग्ने तथा उठ्नु पर्ने रुपैया पैसा समय नउठ्नाले व्यापारमा लगानी गर्ने अवसर गुम्नेछ । आफन्त तथा मावली पक्षसँग मनमुटाब सिर्जना हुने तथा मिलेर गरिरहेको काममा बाधा अवरोध सिर्जना नहोला भन्न सकिन्न ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । परिवार तथा सन्तानले व्यापामा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । कृषि तथा पशुपालन व्यावसायमा समय व्यातित हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त गर्नेछन् । अरुको काम गर्दा समय बितेको पत्तो नपाईने हुँदा आफ्नो काम भने थाति रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुँनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । साझको समय राम्रो रहेकोले कृषि क्षेत्रमा समय व्यातित हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दाजुभाई,आफन्त तथा छिमेकी सँगको सम्बन्धमा चिसोपनाको बिकास हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । लेखन तथा साहित्यमा बाकि रहेको काम थाति रहनेछ । व्यापारमा लगानिको अभावले आम्दानिमा कमि हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्यमय रहेकोछ । आट गर्न नसक्दा हातमा आईसकेको काम फुत्किनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
कुटुम्ब तथा आफन्तको सहयोगले राम्रा तथा देखिने कामहरु गर्न सकिनेछ । भाग्यले प्रेमपात्र जुराउनेछ । व्यावसायबाट सामान्य आम्दानी हुनेछ । घरपरिवारमा मानिसँग जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलेरै धेरै राम्रा काम गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
अनाबस्यक विवादले समस्या निम्त्याउँन सक्छ ध्यान दिनुहोला । राजनिति तथा समाजसेवामा समर्थन भन्दा आलोचना बढि हुनेछ । नया प्रबृधिको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्यमय रहेकोछ । भोगबिलास तथा रमाईलो क्षेत्रमा खर्च बढ्नेछ भने स्वास्थ्यमा समस्या आउँनेछ । साझपख समय राम्रो रहेकोले उत्पादन मुलक क्षेत्र तथा कृषिमा समय लगानी आम्दानी बढाउन सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यावसायमा अरुकै करकापमा लगानी बढाउँदा फाईदा नहुन सक्छ । काममा प्रशस्त समय खर्चिए पनि न्युन आम्दानिमा चित्त बुझाउनु पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य समस्या आउन सक्छ । साझपख समय राम्रो रहेकोले कृषि तथा पशुपालन व्यावसायमा समय व्यातित हुनेछ । प्रविधिको प्रयोग गरि अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बन्द व्यापारमा मन्दि आउँनाले आर्थिक संकटको सामना गर्नुपर्नेछ । उपलब्धिबिहिन तथा चुनौतिपूर्ण काममा दौडनु पर्दा समय त्यतिकै व्यातित हुनेछ । सत्रुभाव राख्नेहरु सलबलाउनेछन् भने कुरा काट्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन । अध्ययनमा समय नदिए नतिजा अरुतिरै जानेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समय मध्ययम रहेकोले आज गरिने कामहरु ढिलामात्र सम्पादन हुनेछन् । समय र परिस्थितीको राम्रोसँग अध्ययन गरेर मात्रा लगानी गर्नुहोला व्यापारमा मन्दि आउने योग रहेकोछ । पढाइ लेखाइमा आशिंक सफलता हात पार्न सकिनेछ । अग्रज,आफन्त तथा बुवासँग मनमुटाब बढ्ने योग रहेकोछ । साझपख समय राम्रो रहेकोले कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुचि बढ्नेछ । दार्शनिक बिषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार व्यावसायमा सामान्य वृद्धि हुनेछ । दाम्पत्य सुख,प्रेमसम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीहरुले पनि सहयोग गर्ने छैनन । अल्छि गर्ने बानिले काम बाकि रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलश्यता बढेर जानेछ । साझपख समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पुराना कमिकमजोरिहरु सुधार्दै जीवन शैलिमा उल्लेख्य सुधार गर्न सकिनेछ । भौतिक तथा विलाशी बस्तुको प्रयोग गर्न पाईने हुँदा मन प्रशस्न हुनेछ । आर्थिक अवस्था सुधार गर्नको लागि गरिने क्रियाकलापहरुबाट न्यून धन आर्जन गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस