सोल-प्योङयाङ विरोधि गतिविधि चर्किएकै कारण उत्तर कोरिया दक्षिण कोरियासँग रुष्ट बन्यो ।
पछिल्ला दिनहरुमा आक्रामक रुपमा प्रस्तुत भइरहेको उत्तर कोरियाले सम्पर्क कार्यालय बन्द गर्ने, सम्पर्क कार्यालय ध्वस्त पार्ने, डिमिलिटराइज क्षेत्रमा सैन्य उपस्थिति बढाउने, सडक सञ्जाल विस्तार गर्ने जस्ता कार्यहरु गर्दै आइरहेको थियो ।
उत्तर कोरियाले दक्षिणले आफू विरुद्ध भइरहेका आन्दोलनलाई निश्तेज नगराए सैन्य कारवाही गर्ने चेतावनि समेत दिएको थियो ।
तर पछिल्लो पटक उत्तर कोरियाली तानाशाह किम जोङ उनको अध्यक्षतामा बसेको बैठकले भने तत्काल दक्षिण कोरियालाई सैन्य कारवाही नगर्ने बताएका छन् ।
उनी सैन्य कारवाहीको निर्णयबाट पछि हटेका हुन् । किमको यो कदमलाई दक्षिण कोरिया सरकारले सकारात्मक कदम भनेको छ । दक्षिण कोरियाको एकिकरण मन्त्रालयले किमको उक्त कदम सकारात्मक भएको टिप्पणी गरेको हो ।
उत्तर कोरियाबाट यस किसिमको कदम चालिनु अकल्पनीय कार्य भएको बताउदै दक्षिण कोरियाली सरकारी अधिकारीहरुले यसलाई सकारात्मक रुपमा लिनु पर्ने बताएका हुन् ।
अधिकारीहरुले यो एउटा अवसर समेत भएका कारण दुबै कोरिया मिलेर आपसी समझदारी कायम गर्दै दुबै देशलाई शान्ती र स्थायीत्व कायम गर्दै विकासको साझेदार बन्नु पर्नेमा जोड समेत दिएका छन् ।
किमले सैन्य गतिविधि तत्कालका लागि बन्द गर्ने बताए सँगै उत्तर कोरियाली सैनिकहरुले अफवाह फैलाउन राखेका ठूला ठूला लाउडस्पिकरहरु समेत हटाएका छन् । सिमा क्षेत्रमा परिचालन गरिएका सैनिकहरुलाई समेत फिर्ता लैजाने उत्तर कोरियाले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस