वि.सं.२०७७ साल आषाढ १४ गते । आईतबार । ईश्वी सन् २०२० जुन २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि– अष्टमी,४७ घडी १७ पला,रातको १२ बजेर ०७ मिनेट जादा नवमी । नक्षत्र– उत्तरफाल्गनुी,०९ घडी ३४ पला,बिहान ०९ बजेर ०२ मिनेट उप्रान्त हस्त । योग– वरियान,३९ घडी २८ पला,बेलुकी ०९ बजेर ०० मिनेट उप्रान्त परिध । करण– भद्रा, दिउसो ०१ बजेर २१ मिनेट उप्रान्त बव,रातको १२ बजेर ०७ मिनेट उप्रान्त बालव । आनन्दादिमा– मित्र योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय ०५ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३३ पला । अष्टमी व्रत । गोरखकाली पूजा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
विवाद तथा प्रतिष्पर्धामा भाग नलिनु नै राम्रो रहनेछ । सत्रुलाग्ने तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउन सक्छ । आफन्त तथा मावली पक्षसँग सामान्य कुरामा राय बाजिनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । नाँफा मुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा ध्यान जादा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयन्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् । महंगो उपाहार तथा भौतिक सम्पति प्राप्त हुनेछ । अदालती निर्णयहरु तपाईकै पक्षमा सम्पादन हुनेछन् ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
आमा तथा आफन्त टाडिनाले मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा धेरै आलोचना र थोरै समर्थन पाईनेछ । साथिभाई तथा मनपरेको मित्र सँग सामान्य मनमुटाब सिर्जना हुनेछ । तरपनि माटो तथा खनिज पदार्थको कारोबारबाट मनग्गे लाभ लिन सकिनेछ । सवारी साधन प्राप्तीको योग रहेपनि चलाउदा ख्याल गर्नुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । अध्ययनमा मन जाने छैन भने नतिजा आफुतिर पार्न निकै नै मेहनेत गर्र्नुपर्नेछ । दाजुभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ । प्रेममा आजको दिन नभेट्दा नै राम्रो रहनेछ । व्यापारमा प्रसस्त समय दिएमात्र आम्दानी बढाउँन सकिनेछ । लेखन कला तथा साहित्यका कामहरु थाती रहनेछन् ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफन्त तथा कुुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउँनेछ भने मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसायमा सामान्य वृद्धि हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् भने सरोकार नभएका बिषयमा चासो राख्नाले दुख पाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना हुँन सक्छ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुँनेछ किनकी भेटमा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाव बढ्नेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बिदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागि समय फलदायि रहनेछ । खानपामा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । नियम संगत काम नगर्दा दण्ड तथा जरिवना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
भौतिक स्रोत साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । सवारि साधनमा सामान्य दुर्घटना हुने योग रहेकोछ । आफन्त तथा साथिभाईहरुलाई तुरुन्त विश्वास गर्नाले समस्या पर्न सक्छ । अध्ययनमा समय दिनेहरुले भनेजस्तो नतिजा हात पार्न प्रशस्त समय खर्चनु पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यावसायिक यात्राले खर्च बढाउनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट धन आर्जन गर्न सकिनेछ । अध्ययनमा समय दिएपनि नतिजा न्युन आउनेछ । दुर्गम स्थानमा यात्रा हुने तथा नोकरिमा स्थानान्तरणको सम्भावना रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समयको महत्व बुझेर अगाडि बढ्दा चाहेको गन्तब्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनिक काममा केहि ढिला सुस्तिको चपेटामा परिएपनि अन्तत काम हुनेछ । व्यापार व्यावसायमा केहि मन्दि आएपनि दैनिकि प्रभावित हुनेछैन ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
खानपान तथा मौषमको ध्यान दिनहोला समय मध्ययम रहेकोछ । आफन्त तथा दिदिबहिनि सँग मनमुटाब सिर्जना हुनेछ । गोप्य फाईल बाहिर आउँने हुनाले ईज्जत प्रतिष्ठा जोगाउँन हम्मे हम्मे पर्नेछ । माया प्रेममा धोका तथा अबिश्वास हुनेछ । शिक्षा तथा पढाई लेखाईमा मन नजादा प्रतिष्पर्धिहरुभन्दा पछि परिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
प्रेम तथा मित्रताको डोरो कसिलो भएर जानेछ भने माया प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायि रहनेछ । व्यापार व्यावसाय लगानि गरि सामान्य आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा विलाशी वस्तुका प्रयोगले दैनिकी सहज रुपमा वित्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस