वि.सं.२०७७ साल आषाढ १३ गते । शनिबार । ईश्वी सन् २०२० जुन २७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि–सप्तमी,५३ घडी १६ पला,रातको ०२ बजेर २८ मिनेट जादा अष्टमी । नक्षत्र– पूर्वाफाल्गुनी,१३ घडी १९ पला,बिहान १० बजेर २९ मिनेट उप्रान्त उत्तरफाल्गनुी । योग– व्यातिपात,४६ घडी ४३ पला,बेलुकी ११ बजेर ५५ मिनेट उप्रान्त वरियान । करण– गर, दिउसो ०३ बजेर ३८ मिनेट उप्रान्त वणिज,रातको ०२ बजेर ३८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा– लुम्ब योग । चन्द्रराशि–सिंह,बेलुकी ०४ बजेर ०७ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय ०५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३४ पला । देवपाटनमा गङ्गामाई रथयात्रा। सूर्य पूजा।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सन्तान तथा अनुयायिको साथले उपलब्धिमुलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरु पुनह सुचारु हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले बौद्धिक क्षेत्र बलियो हुनेछ । खाद्यन्न तथा मेडिकल सम्बन्धी सामानको व्यापारमा बृद्धि हुनेछ भने अन्य व्यापारमा मन्दि आउनेछ । साझपख समय मध्ययम रहेकोले वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कृषि,पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । व्यावस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ । आफन्त तथा आमासँग मनमुटाब सिर्जना हुनेछ । साझको समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
न्यालयसँग सम्बन्धित मुद्दाहरु तपाईकै पक्षमा फैसला हुनेछन् । दाजुभाई तथा छिमेकीको सहयोग पाईनाले नया काम गर्न सकिनेछ । साहित्यको क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समयले साथ लिनेछ । खेलाडी तथा राजनीतिज्ञको लागि राम्रो काम गरि नाम राख्ने समय रहेकोछ । साझपख कष्टकर यात्रा नहोला भन्न सकिन्न ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बोलीको प्रभाव बढ्ने तथा बोलेरै सामान्य रुपैया पैसा कमाउँन सकिनेछ । मेहनेतले प्रतिस्पर्धिहरुलाई जित्न सकिनेछ भने अध्ययनमा सफलता हात पार्न सकिनेछ । सत्रु तथा बैरभाव राख्नेहरु कमजोर हुनेछन् । साझपख छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ । लेखन तथा साहित्यको क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
पढाई लेखाईमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पति तथा शुन्दर पहिरनले व्याक्तित्वमा निखारता ल्याउँन सकिनेछ । राजनितिमा लाग्नेहरुका लागि समय उत्तम रहेकोले नाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । पुराना कमिकमजोरीहरु सुधार्दै जिवन शैलिमा परिवर्तन गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
गोप्यतामा ध्यान दिनुहोला,अतिगोप्य कुराहरु सार्वजनिक हुन सक्छ । प्रेममा रमाउन चाहनेहरुका लागि समय घातक हुन सक्छ । खानपान तथा बाहिरी वातावरणको ख्याल नगर्दा रोगले सताउनेछ । साझपख समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
समय मध्ययम रहेकोले सानो प्रयत्नले कामहरु बन्ने छैनन् । सहयोग गर्नेहरुले हात झिक्नेछन् भने गरिरहेको काम बिचमानै छोड्नु पर्ने हुन सक्छ । मन परेको मानिससँग टाडिनु पर्दा मन खिन्न हुनेछ । अवसरवादीहरुको चंगुलमा परिने सम्भावना रहेकोछ ध्यान दिनुहोला । खानपानमा तथा काममा ध्यान नदिए स्वास्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ । गल्ति गर्नाले दण्ड तथा जरिवाना हुने योग रहेकोछ सजक रहनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
राज्यको मेकानिजम भित्र बसेर काम गर्नेहरुले मान सम्मान पाउनेछन् । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि लाभ लिन सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
जिम्मेवारि सफलता पुर्वक बहन गरि छुट्टै पहिचान बनाउँन सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ । खोजीमुलक काममा लाग्दा आफन्त तथा शुभचिन्तकहरुको सहयोग प्राप्त हुनेछ । रोकिएर बसेका कामहरु मन्दा गतिमा भएपति अन्तत पार लगाउँन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
ऋण,रोग तथा संकटको सामना गर्नुपर्ने तथा तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुँनेछन् । तपाईका सुचनाहरु बहिरिने हुँदा मान सम्मानमा कमिको महशुष हुँनेछ । धन सम्पति तथा अचल सम्पति हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । साझपख समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बिद्या तथा प्रतिष्पर्धामा अरुनै हावि हुनेछन् । माया प्रेममा नजिक हुन केहि समय लाग्नेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । मामा तथा मावलीपक्ष सँग मनमुटाब सिर्जना हुन सक्छ ध्यान दिनुहोला । कार्यक्षेत्रमा सजक हुनुहोला,आलोचना गर्नेहरु सक्रिय हुनेछन् । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा मनजोर भएको महशुष हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सामाजिक नेतृत्व हात लागी हुने ग्रहयोग रहेकोछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । प्रयन्न गर्दा लामो समय देखि रोकिएर बसेका कामहरु सुचारु हुनेछन् । आफन्त तथा मावली पक्षको सहयोगले राम्रा काम गर्न सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस