सुर्खेत – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण बिहीबार कर्णालीमा थप ७२ जनामा पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआरमा १८ दैलेख, १२ सुर्खेत, तीन कालीकोट, जुम्ला र सल्यानमा एक-एक गरी ३६ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएका हो ।
इलाम, धादिङ, कास्की, लमजुङ, बाँके, बैतडी, कैलाली, दार्चुलामा एक-एक र बझाङमा दुई गरी १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरमा बाजुराका चार, बाँके र ताप्लेजुङका तीन/तीन, गोरखा, रामेछाप र ओखलढुङ्गामा दुई/दुई, कञ्चनपुर, बैतडी, दैलेख, दाङ, गुल्मी, पाल्पा, लमजुङ, धादिङ, काठमाडौँ, खोटाङ र इलाममा एक/एक गरी २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महाशाखा प्रमुख डा तिवारीले बताए । बिहीबार ७२ जना कोरोना संक्रमित थपिएसँगै कर्णालीमा यो सङ्ख्या एक हजार ४०७ पुगेको छ ।
त्यसैगरी, भारतको अहमदावादबाट फर्केर जेठ ११ गतेदेखि दुल्लु क्वारेन्टिन बसी जेठ २५ गते आरडिटी नेगेटिभ आएर घर फर्केको १६ दिनपछि असार ९ गते बेलुका आत्महत्या गरेका दुल्लु नगरपालिका १० गमौडीका २१ वर्षीय युवकको असार १० शव दैलेख अस्पतालमा परीक्षणका साथै स्वाब सङ्कलन गरेर प्रदेश अस्पताल सुर्खेतमा परीक्षण गर्दा पोजेटिम देखिएको महाशाखाले जनाएको छ । युवकसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस