सोल-उत्तर कोरियाली तानाशाह किम जोङ उनले दक्षिण कोरिया माथिको सैन्य कारवाहीलाई होल्ड गर्न निर्देशन दिए लगत्तै तत्कालका लागि युद्धको खतरा टरेको छ ।
समाचारमा बताइए अनुसार किमको उक्त आदेश पश्चात उत्तर कोरियाली सैनिकहरु अफवाह फैलाउन प्रयोग गरिएका लाउड स्पिकरहरु हटाइरहेका देख्न सकिन्न्यो ।
उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसिएनएका अनुसार नेता किमलाई उत्तरको केन्द्रिय सैनिक आयोगले तत्काल युद्ध गर्न नहुने सल्लाह दिएको हो । किमले उक्त सल्लाहलाई बैठकमा अनुमोदन गरेसँगै उत्तर कोरियाली जनसेना तत्कालका लागि युद्धबाट पछि हटेको हो ।
दक्षिण कोरियाली क्षेत्रबाट उत्तर विरोधि पर्चा पम्प्लेटहरु उडाईन थाले लगत्तै उत्तर कोरियाले दक्षिण कोरियासँगको सिमा क्षेत्रमा सैन्य गतिविधिलाई सकृय गराएको थियो । उत्तरले उक्त योजना जुन १४ तारिखका दिन गरेको थियो ।
दक्षिण कोरियाली सरकार उत्तर कोरिया विरोधी गतिविधि नियन्त्रण गराउन असफल भए लगत्तै किमकी बहिनी किम यो जोङले सैनिकलाई तत्कालै एक्सन लिन तथा सिमा क्षेत्रमा रहेको डिमिलिटराईज क्षेत्रमा रहेका बंकरहरुमाथि कब्जा जमाउन आदेश दिएकी थिईन् ।
उत्तर कोरियाली सञ्चार माध्यम केसिएनएका अनुसार किमको पछिल्लो कदम उत्तर कोरिया दक्षिणसँग झुकेको नभई कोरियाली प्रायद्वीपमा हिंसा भड्काउने पक्षमा नरहेको मात्र बुझ्न भनिएको छ । उत्तर विरोधी गतिविधि नियन्त्रणमा नराखिए कुनै पनि बेला सैन्य कारवाही हुन सक्ने समाचारमा बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस