कैलाली – कैलालीको टीकापुर नगरपालिकाले आगामी वर्षका लागि रु ७१ करोड १४ लाख ५६ हजार ५० बजेट विनियोजन गरेको छ । नगरपालिकाले विनियोजित बजेटमध्ये चालुतर्फ रु ४५ करोड २४ लाख ११ हजार ७ सय ४९ तथा पूँजीगततर्फ रु २५ करोड ८३ लाख ४४ हजार तीन सय विनियोजन गरेको छ ।
नगरपालिकाले कोभिड १९ को संक्रमण रोकथाम एवम् उद्धारका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । सातौंँ नगरसभामा आगामी आर्थिक वर्ष २०७७-०७८ का लागि विनियोजन गरिएको बजेट प्रस्तुत गर्दै उपप्रमुख केशरी रावलले टीकापुर अस्पतालमा विशेषज्ञ तथा एनआइसियु सेवा सञ्चालनका लागि रु ५० लाख ४० हजार तथा निःशुल्क रगत तथा सुत्केरीलाई घरदेखि अस्पतालसम्म सेवाका लागि रु दुई लाख बजेट विनियोजन गरिएको जानकारी दिए ।
एक वडा एक गौरवको सडक योजनाअन्तर्गत सडक कालोपत्रेका लागि रु सात करोड २० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै बालविकास शिक्षिकालाई थप प्रोत्साहनका लागि रु १६ लाख ३२ हजार, सेनेटरी प्याड खरीदका लागि रु ५२ लाखसहित शिक्षा क्षेत्रमा रु २२ करोड ३९ लाख ५२ हजार सात विनियोजन गरिएको छ ।
पर्यटन प्रवद्र्धन गर्न रु २१ लाख ५० हजार रकम विनियोजन गरेको छ । नगरसभाले दुई विधेयक पनि पारित गरेको छ । उपप्रमुख विष्टले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक २०७७ र विनियोजन विधेयक २०७७ मा बहुमत देखिएपछि सभाध्यक्ष तपेन्द्रबहादुर रावलले पारित भएको घोषणा गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस