काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले गैरकानूनी रुपमा यात्रु ओसारिरहेका टुटल र पठाओलाई नियमको दायरामा ल्याउने बताएका छन् ।
सवारी तथा यातायात व्यवस्था ऐन- ०४९ को कानूनी व्यवस्था विपरित निजी नम्बरप्लेट भएका मोटरसाइकलले यात्रु ओसार्नु गैरकानूनी रहेको महानिर्देशक दाहालले बताए ।
“मोटरसाइकलले यात्रु बोक्नै हुँदैन भन्ने होइन । नेपालको विद्यमान कानूनमा मोटरसाइकलले यात्रु बोक्न पाइने व्यवस्था कतै पनि तोकेको छैन । कानूनले बञ्चित गरेको व्यवसाय सञ्चालन गर्नु गैरकानूनी हो,” महानिर्देशक दाहालले बाह्रखरीसँग भने, “निजी मोटरसाइकलले यात्रु बोक्न मिल्दैन । बोक्ने भए सवारी तथा यातायात व्यवस्था ऐनलाई संशोधन गर्नुपर्छ ।”
टुटल र पठाओजस्ता कम्पनीले मोटरसाइकलमा यात्रु ओसार्दा दुर्घटना भए यात्रुको बिमा सुरक्षित नभएकाले यो बढी जोखिमपूर्ण हुने महानिर्देशक दाहाल बताउँछन् ।
“यस्तो सवारी दुर्घटना हुँदा यात्रुको मृत्यु भए चालकलाई सार्वजनिक अपराध लाग्छ । १० वर्ष जेल जानुपर्छ । टुटल र पठाओले यात्रुलाई सेवा त दिएको छ तर यो सेवा गैरकानूनी हो, विकृति हो,” दाहालले भने ।
सार्वजनिक सवारीमा प्रति यात्रु ५ लाख बिमा सुरक्षित गरिएको हुन्छ । टुटल र पठाओजस्ता निजी सेवाले यात्रुको बिमा सुरक्षित गरेका हुँदैनन् । संसदले कानून संशोधन गरेर यस्ता सेवाका मोटरसाइकल चालकले लगाउने ड्रेस, मोटरसाइकलको नम्बरप्लेट, मोटरसाइकलको सिसि, रङलगायत मापदण्ड सरकारले तोकेको खण्डमा यो सेवा नेपालमा प्रभावकारी हुने महानिर्देशक दाहाल बताउँछन् ।
यता ट्याक्सी व्यवसायीहरु टुटल र पठाओले आफूहरुको रोजिरोटी खोसेको गुनासो गर्छन् । “सरकारले तोकेको नियम नमानेर निजी नम्बरप्लेट भएका मोटरसाइकलले भाडामा यात्रु ओसारेर भाडा लिइरहँदा पनि सरकारले केही कारबाही गरेको छैन । यस्ता मोटरसाइकललाई कारबाही गरिनुपर्छ,” उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पुरन तामाङले बताए ।
यसअघि पनि टुटल र पठाओविरुद्ध मुद्दा परेपछि यात्रु ओसार्न रोक लगाइएको थियो । व्यापक जनदबाबपछि प्रधानमन्त्री केपीशर्मा ओलीले मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’ लाई रोक नलगाउन निर्देशन दिएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस