सोल-उत्तर कोरियाद्वारा निश्कासित गरिएका नागरिकहरुले प्योङयाङ विरोधि नारा अंकित पर्चा उडाउनु उनीहरुको विचारको स्वतन्त्रता भएको संयुक्त राष्ट्रसंघले बताएको छ ।
प्योङयाङले दक्षिण कोरियालाई प्रदर्शन रोक्न कुनै भुमिका निर्वाह नगरेको आरोप लगाउदै कारवाही गर्ने चेतावनी दिइरहेका बेला संयुक्त राष्ट्रसंघको उक्त भनाई आएको हो ।
मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघिय उच्च आयुक्तको कार्यालय सोलका प्रमुख सिञ्जे पोल्सनले हालै जारी उत्तर दक्षिण टकराव बारे धारणा सार्वजनिक गर्दै उक्त विषय जनताको आफ्नो अभिव्यक्ति स्वतन्त्र पुर्वक उपभोग गर्न पाउने अधिकार अन्तरगत रहेको बताएका छन ।
एक अर्काको विरोध गर्न वेलुनमा भारी मात्रामा पर्चा पम्प्लेट उडाउने प्रचलन दुबै कोरियाका लागि नौलो प्रचलन भने हैन । दुबै देशले पर्चावाजी गर्दै आंशिक द्वन्दमा समेत फस्ने गरेका छन् ।
यद्यपि उत्तर कोरियाले विरोध गर्दा प्रयोग गर्ने भाषा भने तल्लो स्तरको रहेको छ । क्रुर शासक किम जोङ उनले विरोधको न्युनतम मान्यता भन्दा तल झरेर प्रदर्शन गराउने गरेको पाइएको छ ।
उत्तर कोरियाली शासन व्यवस्थाका बारेमा जति हामी विज्ञ छौँ, त्यो भन्दा कैयौँ गुणा विज्ञ त्यहाँबाट भागेर आएका नागरिक भएको बताउदै एकतन्त्रीय क्रुर शासन पद्दतिबाट आजित जनतामा विरोधको भावना जाग्नु कुनै नौलो घटना नभएको पनि संयुक्त राष्ट्रसंघिय उच्च आयुक्तको कार्यालय सोलका प्रमुख सिञ्जे पोल्सनले बताएका छन् ।
दुई देश विच तनाव बढ्दै गइरहेका बेला उनले दुई देश बिच भएका जनताका नागरिक तथा राजनितिक अधिकारका बारेमा भएका सन्धि सम्झौतालाई सम्झनु पर्ने समेत उनले बताएका छन् ।
यसै वीच उत्तर कोरियाले दक्षिण तर्फ सोल विरोधी नारा तथा तस्विर समेटिएका करिव १ करोड २० लाख पर्चा पम्प्लेटहरु ३००० बेलुनको साहायतामा दक्षिण तर्फ पठाउने तयारी गरेको छ ।
उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसिएनएका अनुसार उसले ती पर्चाहरु दक्षिण कोरियाको सिमा क्षेत्रबाट उडाउने भएको हो । समाचारमा भनिएको छ- ‘यो समय दक्षिण कोरियालाई सजाय दिने समय हो ।’
उत्तर कोरियाले दक्षिण कोरियाको राजधानी प्योङयाङमा उत्तर कोरियाबाट देश निकाला गरिएका नागरिकहरुले गरेको प्रदर्शन मथ्थर पार्न दक्षिण कोरियाले निर्णायक भुमिका नखेलेको आरोप लगाउदै दक्षिण बिरोधी पर्चा उडाउने चेतावनी दिइरहेको बेला उक्त समाचार बाहिर आएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस