सोल-उत्तर कोरियाले सीमा क्षेत्रमा माइकिङ् गर्दै सन् २०१८ को शिखर सम्मेलनमार्फत् दक्षिण कोरियासँग सहमति गरिएका सहमतिलाई रद्द गरिएको जनाएको दक्षिण कोरियाली सैन्य अधिकारीले बताएका छन् ।
‘उत्तर कोरियाले सीमा क्षेत्रका ‘सैन्य गतिविधि निषेधित’ कैयौँ स्थानमा ‘लाउडस्पिकर’ जडान गरी दक्षिण कोरिया विरोधी हल्लाहरू फैलाउने गरेको छ,’ दक्षिण कोरियाली समाचार संस्था योन्हाप समाचार संस्थाले जोइन्ट चिफ अफ स्टाफका एक अधिकारीलाई उद्धृत गरी लेखेको छ ।
उनले भने , ‘हामीले मनोवैज्ञानिक रूपमा युद्धको त्रास सिर्जना गर्ने उत्तर कोरियाका गतिविधिलाई नजिकबाट नियालिरहेका छौँ । हामीले उच्च तयारीका साथ सम्भावित प्रतिकारको अवस्थामा बसेका छौँ ।’
उत्तर कोरियाले गरेका गतिविधिलाई पछ्याउँदै दक्षिण कोरियाले पनि सीमा क्षेत्रमा ‘लाउडस्पिकर’ जडान गर्ने बिषयमा पुनः विचार गरिरहेको जनाएको छ ।
पछिल्ला दुई हप्तादेखि कोरियाली सीमा क्षेत्रमा भएका भड्काउने र उत्तेजित पार्ने खालका गतिविधिले कोरियाली प्रायदीप अशान्त बनेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस