काठमाडौँ – नागरिकता ऐन संशोधन विधेयक संसदीय समितिले अघि बढाएपछि जनता समाजवादी पार्टीका नेताहरू आक्रोशित भएका छन् । उनीहरूले सत्तापक्षले पेलेर अघि बढ्न खोजेको र कानुन परिवर्तनमा चित्तबुझ्दो कारण दिन नसकेको भन्दै सदन र सडकमा आन्दोलन गर्ने चेतावनी नै दिएका छन् ।
लक्ष्मणलाल कर्ण जनता समाजवादी पार्टी (जसपा)का नेताले नागरिकता सम्बन्धी प्रचलित कानुनमा परिवर्तन गर्न जरुरी नै नभएको बताए । उनले भने, ‘विवाह भएर आएपछि महिलाको कूल र गोत्र परिवर्तन हुन्छ, सनातनदेखि चलिआएको यो व्यवस्था तोड्न किन जरुरी पर्यो? चित्तबुझ्दो कारण चाहियो नि! यसले मधेशको संस्कृति, हिन्दु रीतिरिवाज र नेपाल-भारत सम्बन्धमाथि ठूलो प्रहार भएको छ । ‘
नेपाली र भारतीयबीच सीमा क्षेत्रका सबै ठाउँमा विवाह हुने गरेको भन्दै उनले अब ठूलो समस्या आउनसक्ने संकेत गरेक छन् । उनले नागरिकता नै नपाउने भएपछि अब भारतीयले जानीजानी किन नेपालीलाई छोरी दिन्छन् भनेर प्रतिप्रश्न गरे र एसले सीमा क्षेत्रमा ठूलो समस्या निम्तिन सक्ने बताए ।
संसदमा पनि सत्तारुढ नेकपाको बहुमत भएकाले यो विधेयक समितिकै प्रतिवेदनका आधारमा जस्ताको तस्तै पारित हुनेछ। पेलेरै जाने रणनीतिमा सत्तापक्ष देखिए आफूहरू सडक आन्दोलनमा जान बाध्य हुने कर्ण चेतावनी दिन्छन्।
अर्का नेता संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यसमेत रहेका जसपाकै राजकिशोर यादवले विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिन ७ वर्ष कुराउनुको औचित्य पुष्टि नहुने बताएक छन् । उनले भने, ‘विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिन ७ वर्ष कुराउनुको औचित्य छैन । पहिला विवाह गर्नासाथ नागरिकता दिँदा कहाँ-कहाँ कस्तो राष्ट्रघाती काम भयो? अब ७ वर्ष कुराएर दिँदा चाहिँ राष्ट्रघात हुन सक्दैन भन्ने के ग्यारेन्टी छ ?’
राष्ट्रघाती काम वंशजका आधारमा नागरिकता लिनेले बढी गरिरहेको उनले आरोप लगाएका छन् । आवासीय प्रमाणपत्रको व्यवस्था संविधानले परिकल्पना नगरेको भन्दै यादवले नेपालमा नागरिकताबिना कुनै काम हुन नसक्ने बताए । उनले थपे,’बरु अंगीकृत नागरिकता सुरुमै दिएर जुन–जुन अधिकार दिँदा समस्या आउन सक्छ भन्ने लाग्छ, त्यसलाई रोक्न सकिन्थ्यो । यहाँ त नागरिकता नभई केही काम हुँदैन, यो सरासर महिला अधिकार र मानव अधिकारको हनन हो ।’ उनको दाबीका साथ भारतमा नागरिकताको प्रावधान नै नभएको र त्यहाँ विवाह गरेर जाने नेपाली महिलाले सुरुदेखि नै सबै अधिकार प्रयोग गर्नसक्ने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस