सोल-दक्षिण कोरियाली सरकारले पछिल्ला दिनहरुमा उत्तर कोरियाली सीमा क्षेत्रमा भइरहेका गतिविधि तत्काल बन्द गर्न भनेको छ ।
पछिल्ला दिनहरुमा उत्तर कोरियाले सीमा क्षेत्रमा दक्षिण कोरिया तथा सोल विरोधी नारा लेखिएका पर्चा पम्प्लेटहरु ब्यापक बनाएर उडाए पश्चात गम्भिर ध्यानाकर्षण भएको बताउदै त्यस्ता गतिविधिले दुई देशको सम्बन्ध थप विग्रने भन्दै तत्काल बन्द गर्न भनेको हो ।
पछिल्ला दिनहरुमा उत्तर कोरियाले दक्षिण कोरिया विरोधी नारा लेखिएका पर्चाहरु ठूलो संख्यामा छापिएको समाचार प्रकासित गरे पश्चात दक्षिण कोरियाको एकिकरण मन्त्रालयले उत्तर कोरियाको ध्यानाकर्षण गराएको हो ।
उत्तर कोरियाली सरकारी समाचार संस्था केसिएनएमा प्रकाशित समाचारमा देखाइए अनुसार ती पर्चाहरुमा दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले प्लाष्टिकको झोला बोकेर चुरोट तानिरहेको देखाइएको छ ।
उत्तर कोरियाको उक्त गतिविधि दुई देशहरु बीच भएको सम्झौता विपरित भएका कारण त्यस्ता गतिविधि तत्काल बन्द गर्नुपर्छ- एकिकरण मन्त्रालयले भनेको छ ।
मन्त्रालयले भनेको छ- ‘यस्ता गतिविधिले समस्या बढाउने नभई समस्यालाई अझ बढी प्रस्रय दिने छ र यो गतिविधि दुई कोरिया बीचको सम्बन्ध बिगार्ने यौटा प्रयास मात्र हुने छ ।’
हाल दक्षिण कोरियाली सरकारले उत्तर कोरिया विरोधी गतिविधिलाई बन्द गराईसकेको बताउदै यस किसिमका अराजक गतिविधि गरेर दुई देशलाई द्वन्द तर्फ नधकेल्न समेत दक्षिण कोरियाले उत्तर कोरियालाई भनेको छ ।
पछिल्ला गतिविधिहरुका कारण विग्रिएको सम्बन्ध वार्ताको माध्यमबाटै समाधान गर्न सकिने समेत एकिकरण मन्त्रालयले स्पस्ट पारेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस