सोल-पछिल्ला दिनहरुमा दक्षिण कोरियामा भइरहेका उत्तर विरोधी प्रदर्शनका कारण दुई देशहरु बिचको सम्बन्ध विग्रिएको मात्र छैन, वाक युद्ध समेत सुरु भइसकेको छ ।
वाक युद्धकै कारण दुई देशहरु विचको सम्पर्क बन्द छ भने सिमामा राखिएका सम्पर्क कार्यालयहरु बन्द समेत गरिएका छन् । पछिल्लो पटक उत्तर कोरियाले आफ्नो क्षेत्रको सम्पर्क कार्यालय विस्फोट गरि ध्वस्त समेत बनाईसकेको छ ।
उक्त घटना पश्चात उत्तर कोरियाली सञ्चार माध्यम केसिएनएले पुन: एक धम्कीपुर्ण समाचार प्रकासित गरेको छ ।
समाचारमा भनिएको छ- ‘हालै ध्वस्त पारिएको सम्पर्क कार्यालय एक झलक मात्र हो । यदि दक्षिण कोरियाले त्यहाँ भईरहेका प्रदर्शन बन्द गराई सौहार्द्र वातावरण सृजना नगरेमा परिस्थिति सोचे भन्दा भयावह हुने छ, जुन दक्षिण कोरियाको कल्पना बाहिर छ ।’
उत्तर कोरियाको सत्तारुढ पार्टीको एक विभाग ‘द रोडोङ सिनमुन’ का अनुसार यो मात्र एक सुरुवात हो । अगाडी भनिएको छ, दक्षिण कोरियामा उत्तर कोरिया विरुद्ध बोलिएका अनावश्यक शव्दहरु भन्दा उत्तरसँग रहेका विस्फोटक पदार्थहरुको आवाज धेरै शक्तिशाली छन् ।
विभागले अगाडी भनेको छ, ‘उत्तर कोरियाली सैनिकहरुको धैर्यताको वाँध फुटिसकेको छ, मात्र उनीहरु आदेशको पर्खाईमा छन् ।’
यता वुधवार हवाई नियमन विभागले उत्तर कोरियाली नेता किम जोङ उन चढ्ने विमान प्योङयाङबाट पुर्व तर्फ गएको बताएको छ । उक्त विमान उडे पश्चात विज्ञहरुले या त कुनै प्रोपोगाण्डा निस्किने या त ब्यालेष्टिक मिसाईल परिक्षण हुने आँकलन समेत गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस