काठमाडौं-भारत र चीनको लद्दाखको पूर्वी क्षेत्रको गलवान उपत्यकासँग जोडिएको नियन्त्रण रेखा (एलएसी)मा भएको दुई पक्षबीचको भिडन्तपछि तनाव झनै उत्कर्षमा पुगेको आजको राजधानी दैनिकले सम्हार छापेको छ।
समाचार अनुसार भारत र चीनले सीमारेखा क्रस गरेको विषयमा आआफ्नै दाबी प्रस्तुत गरेका छन् । भारत र चीनको सीमारेखामा ४५ वर्षपछि दुई देशका सेनाबीच भएको भिडन्तमा २० भारतीय सेना मारिएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बलिदानको मूल्य खेर नजाने चेतावनी दिएका छन् ।
‘वीरता हाम्रो देशको चरित्रको हिस्सा हो । भारत आफ्नो देशको सम्प्रभुताको रक्षा गर्न सक्षम छ । यसमा कुनै पनि देशलाई भ्रम नहोस्,’ मोदीले भने, ‘हामी शान्ति चाहन्छौं तर कसैले हामीलाई उक्साउँछ भने त्यसको जवाफ दिन पनि सक्षम छौं ।’ उनले चीनसँगको मतभेदलाई विवादमा नबदल्न सधैं प्रयास गरेको बताए ।
‘समय आएपछि देशको सम्प्रभुताको रक्षा गर्न हामीले आफ्नो क्षमता प्रस्तुत ग¥यौं,’ उनले भने, ‘भारतको सम्प्रभुता हाम्रा लागि सर्वोच्च छ । त्यसको रक्षा गर्न हामीलाई कसैले रोक्न सक्दैन । म देशवासीलाई भरोसा दिलाउन चाहन्छु– हाम्रा जवानको बलिदान व्यर्थ जाँदैन ।’
चीनको विदेश मन्त्रालयले लद्दाखको पूर्वी क्षेत्रको गलवान उपत्यकासँग जोडिएको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भएको भिडन्तमा आफ्नो कुनै भूमिका नरहेको बताएको छ । भारतका तर्फबाट एलएसी नाघ्ने काम भएको र उक्साइएकाले नै चिनियाँ आर्मीले प्रतिकार गरेको चीनको विदेश मन्त्रालयले दाबी गरेको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेका छन्, ‘यसमा सही र गलत स्पष्ट छ । यो घटना एलएसीको चीनतर्फको भागमा भएको हो, सोही कारण चीनलाई दोष दिन मिल्दैन,’ उनले भनेका छन्, ‘गलवान उपत्यकाको सम्प्रभुता सदा चीनसँग रहेको छ । भारतीय सैनिकले सीमा नियम र कमान्डर तहमा भएको वार्ताको सहमति गम्भीर रूपमा उल्लंघन गरेका हुन् ।’
प्रवक्ता झाओले चीन सो क्षेत्रमा युद्ध नभई शान्तिको पक्षमा रहेको बताए । दुवै देशबीच कूटनीतिक र राजनीतिक तहमा वार्ता भइरहेको उनले बताएका छन् । लद्दाख क्षेत्रमा हिंसात्मक झडपपछि दुई देशका विदेशमन्त्रीले बुधबार टेलिफोन वार्ता गरेका छन् । भारतीय विदेश मन्त्रालयले दिएको जानकारीअनुसार भारतका विदेशमन्त्री एस जयंशकर र उनका चिनियाँ समकक्षी वाङ यीबीच मंगलबार उक्त वार्ता भएको जनाएको छ ।
कुराकानी क्रममा दुई विदेशमन्त्रीले सीमामा भइरहेको तनावबारे छलफल गरेका थिए । ‘विदेशमन्त्री यीले समकक्षी जयशंकरलाई सोमबारको घटनामा अनुसन्धान गर्न, त्यसका जिम्मेवारहरूलाई कारबाही गर्न र उक्त क्षेत्रमा चिनियाँ सैनिकलाई उत्तेजित पार्ने गतिविधि रोक्न भने,’ ग्लोबल टाइम्सले लेखेको छ ।
दुवै विदेशमन्त्रीले गल्वान उपत्यकामा उत्पन्न गम्भीर अवस्थालाई न्यायोचित रूपमा व्यवस्थापन गर्ने बताएका छन् । टेलिफोन कुराकानीमा विदेशमन्त्री जयशंकरले भारतीयले घटनाप्रति विरोध जनाउँदै हिंसात्मक झडप हुनुमा चीनको सुनियोजित र योजनाबद्ध कदम जिम्मेवार रहेको बताएका थिए । तर चीनले भने आफ्नो पक्षबाट गल्ती नभएको दाबी गर्दै आइरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस