काठमाडौं- पछिल्ला दिनहरुमा चर्किइरहेको भारत चीन विवाद हिंसामा परिणत भए पश्चात नयाँ दिल्लीमा उच्च स्तरिय बैठक भएको छ ।
पछिल्लो पटक २० जना भारतीय सैनिकको लद्धाखमा चीनसँगको सिमा क्षेत्रमा भएको भिडन्तमा ज्यान गए पश्चात उच्च सरकारी तथा सुरक्षा अधिकारीहरुको बैठक बसेको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृह मन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह, परराष्ट्र मन्त्री एस जय शंकर, अर्थमन्त्री निर्मला सिथारमन, प्रधान सेनापती एमएम नरभाने बैठकमा सहभागी भएको भारतीय समाचार संस्था एनडीटिभीले जनाएको छ । हमलामा आफ्ना २० जना सैनिक मारिए पश्चात आकस्मिक बैठक राखिएको हो ।
पछिल्ला ५ दशकमा भारत चीन सिमामा कुनै पनि हिंसात्मक द्वन्द नभएको तथा कुनै किसिमको मानवीय क्षति समेत नभएको र हाल उत्पन्न परिस्थिति बारे बैठक केन्द्रीत भएको समाचारमा बताइएको छ ।
भारतीय सेनाले उक्त भिडन्तमा चीन तर्फका सैनिकहरुमा समेत क्षति भएको बताएको छ । सैनिक शुत्रका अनुसार उक्त भिडन्तमा चीन तर्फ पनि कम्तिमा ४३ जना सैनिकहरुको मृत्यु भएको अथवा गम्भिर रुपमा घाइते भएको बताइएको छ ।
भारतीय सैनिक अधिकारीहरुका अनुसार चिनिया सैनिकहरुले लामो समय सम्म भारतीय सैनिकहरुलाई लक्षित गर्दै ढुङ्गामुढा तथा रडहरु सहित आक्रामण प्रयास गरेका थिए । उनीहरुको भारतीय सैनिकहरुसँग लामो समय सम्म धक्का मुक्की समेत चलेको थियो ।
लदाखमा भएको घटनालाई लिएर भारत र चिनका आ-आफ्नै प्रतिकृयाहरु आइरहेका छन् । चिनले भारतिय सैनिकले सीमा पार गरेको आरोप लगाएको छ र घटनामा चिन तर्फ पनि केही मानवीय क्षति भएको बताएको छ यद्यपी संख्या भने खुलाएको छैन । भारतीय पक्षले भने चीनको उक्त दावा साँचो नभएको बताएको छ ।
संयुक्त राज्य अमेरिकाले हाल विकसित घटनाक्रमलाई लिएर दुबै देशहरुलाई संयमित भएर घटनालाई साम्य बनाउन तर्फ लाग्न भनेको छ । संयुक्त राष्ट्र संघले पनि घटनालाई जिम्मेवार भई वार्ताको माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।
भारत चीन विच हुने गरेका युद्धका घटनाहरु नयाँ भने हैनन् । सन् १९६२, १९६७, १९७५ मा समेत उक्त क्षेत्रमा भारत चिन युद्ध भएका थिए । पछिल्लो पटक सन् २०१७ मा चिनिया सेना दोकलाम क्षेत्रमा प्रवेश गरे पश्चात ७२ दिन उक्त क्षेत्र पुर्ण रुपमा बन्द समेत गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस