सोल-दक्षिण कोरियास्थित अमेरिकी राजदुतावासले अमेरिकामा प्रहरी दमनका कारण ज्यान गुमाएका अमेरिकी अश्वेत नागरिक जर्ज फ्लायड हत्या विरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।
दुतावासले आफ्नो भवन बाहिर व्ल्याक लाइफ म्याटर्स लेखिएको कालो तुल झुण्ड्याएर उक्त आन्दोलनमा ऐक्वयद्धता जनाएको हो । हाल अमेरिकाका अलावा विश्वका विभिन्न देशहरुमा अश्वेत नागरिकहरु विरुद्ध अमेरिकामा गरिएको दमनको विरुद्ध व्यापक विरोध प्रदर्शनहरु भइरहेका छन् ।
दुतावासको आधिकारीक सामाजिक सञ्जाल पेजमा भनिएको छ–’शान्त पुर्वक आफ्नो अधिकार खोज्ने आफ्ना देशका नागरिकहरुको आन्दोलनमा दुतावासको पुर्ण समर्थन सहितको ऐक्वयद्धता छ ।’
उक्त तुलले अमेरिकामा व्याप्त रङ्गभेदलाई हटाउन दवाव दिने तथा अश्वेत नागरिकहरु माथि भइरहेको प्रहरी दमनको समेत विरोध गरेको दूतावासको सामाजिक सञ्जालमा भनिएको छ ।
ग्वानामुनस्थित अमेरिकी दुतावासको भवनमा उक्त व्यानर प्रस्ट सँग देखिने गरि राखिएको छ ।
व्यानर राखिए पश्चात ट्वीट गर्दै कोरियाका लागि अमेरिकी राजदुत ह्यारी ह्यारिसले भनेका छन् – ‘हामीले फरकपनालाई अन्त्य गर्न सक्दैनौँ होला तर हामीले विभिदता सुरक्षित बाँच्ने संसार त बनाउन सक्छौँ । उनले अगाडी भनेका छन्। ‘ अमेरिका स्वतन्त्र तथा विभिदता युक्त देश हो र यो नै अमेरिकाको सामर्थ्य हो ।
राजदूत ह्यारिस मार्टिन लुथर किङ्गको अश्वेत विरोधी आन्दोलनमा समेत सहभागी भएका भुतपुर्व जलसेना समेत हुन् । उनले ट्वीटमा मार्टिनको स्वतन्त्रता विरोधी आन्दोलन अझै निस्कर्शमा नपुगेको समेत बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस