प्योङ्गयाङ्ग- उत्तर कोरियाले दक्षिण कोरियालाई उसका आगामी दिनहरु अझ बढी पश्चाताप तथा पिडादायी बन्ने बताएको छ । दक्षिण कोरियाली सरकारले आफुमा रहेको आत्मविश्वास पुर्ण रुपले गुमाइसकेको समेत बताएको छ ।
उत्तर कोरियाका युनाइटेड फ्रन्ट विभागका निर्देशक जाङ्ग कुम चुलले उत्तर कोरियाली समाचार संस्था केसिएनए सँगको कुराकानीमा दक्षिण कोरियाले आत्मविश्वास गुमाइसकेको बताएका छन् ।
हालै उत्तर कोरियाले दक्षिण कोरियामा जारी उत्तर विरोधी प्रदर्शनलाई मध्यनजर राख्दै दक्षिणसँग सम्बन्धित सम्पुर्ण सम्पर्क विच्छेद गरेको थियो ।
उक्त घटना पश्चात दक्षिण कोरियाले त्यहाँ भइरहेका उत्तर विरोधी प्रदर्शनलाई पुर्ण रुपमा बन्द गराएको छ । यता उत्तर कोरियाले भने उक्त घटनालाई उत्तर सँगको सम्बन्धलाई बचाउने यौटा नाटकको संघ्या दिएको छ ।
उत्तर कोरियाले दक्षिण कोरियामा भइरहेका उत्तर विरोधी गतिविधिहरु माथि कडा प्रतिकृया जनाउदै सन् २०१८ मा भएको सैन्य सम्झौता समेत बन्द गर्ने चेतावनी दिएको छ । उत्तरले सो घटनालाई सम्बन्ध सुधारका लागि गरिएका प्रयास ध्वस्त पारेको घटनाका रुपमा लिएको छ ।
दक्षिण कोरियाको ललीपप देखाउने प्रवृत्तिका कारण अब उत्तर कोरिया दक्षिण कोरियाको खेलौना नबन्ने पनि स्पष्ट पारेका छन् । उनले दक्षिण कोरियाले पहिले कबुल गरेका सन्धी सम्झौतामा समेत पारदर्शी नभएको बताउदै पटक पटक उत्तर कोरियालाई धोका दिएको समेत बताएका छन् ।
ज्वालामुखी जस्तै भएर सुरु भएको आन्दोलन साम्य पार्यौँ भनेर भन्नु हास्यास्पद भएको बताउदै उसले उत्तर कोरिया विरोधी आन्दोलन बन्द गर्न नसक्ने समेत बताएका छन् । उनले भनेका छन्- ‘यदि दक्षिणले आन्दोलन मथ्थर पारेँ भन्छ भने त्यो यौटा जोक मात्र हो ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस