धनियाँ तपाई हाम्रा लागि नयाँ नाम हैन । हाम्रो भान्सा यो बिना अपुरो हुन्छ भन्दा सायद गल्ति हुदैन । धनियाँलाई उमारेर त्यसको पत्ता तथा फलेपछि फल, दुबैलाई भान्साको सर्वोत्तम मसलाको रुपमा चिनिन्छ । यसको प्रयोगले खानाको संरचनानै परिवर्तन गर्दछ ।
हामीले खानालाई स्वादिलो बनाउनका लागि धनियाको प्रयोग गर्छौँ । तर धनियाँ ले केवल खानालाई स्वादिलो वा सुगन्धित बनाउने मात्र होइन । यसमा औषधीय गुण पाइन्छ अर्थात् यसको नियमित सेवनले हामीलाई धेरै खालका स्वास्थ्य समस्याबाट जोगाउँछ ।
जोर्नी दुख्ने समस्या अर्थात् आर्थ्राइटिस विरामीका लागि धनियाँ निकै लाभदायी हुन्छ । धनियाँका पातमा एन्टी ट्युमेरिक तथा एन्टी आर्थ्राइटिक गुण हुन्छ । जसले जोर्नी सुन्निने तथा दुख्ने समस्या कम गर्छ ।
आँखालाई स्वस्थ राख्न पनि धनियाको नियमित सेवन गर्नुपर्ने हुन्छ । यसको पात पानीमा उमाल्ने र त्यसलाई छानेर पानी बोतलमा खन्याउने । त्यो पानी चिसो बनाएर दुइ थोपा नियमित आँखामा राख्ने गर्दा आँखा पोल्ने तथा दुख्ने र बढि आशु आउने समस्या कम हुन्छ ।
गर्भावस्थामा आउने वान्ता रोक्न पनि धनिया उपयोगी हुन्छ । गर्भवती महिलालाई आउने वान्ता र वाकवाकीको समस्या कम गर्न धनियाको पात पानीमा पकाउने अनि त्यो पानीलाई छानेर चिसो बनाएर पिसेको मिश्री राखेर खाने गर्नुपर्छ ।
छालाको सुन्दरताका लागि पनि धनिया लाभदायी हुन्छ । धनियाको पातले छालालाई सुन्दर र स्वस्थ बनाउँछ । धनियाको पात मज्जाले पिँधेर अनुहारमा लगाउने र केही बेर राखेर सफा पानीले अनुहार पखाल्नुपर्छ ।
धनियाको पातको रसमा हलेदोको रस मिलाएर अनुहारमा लगाउँदा विभिन्न खालका खटिरा तथा अन्य खाले छालाका रोग पनि निको हुन्छ र अनुहारमा चमक बढ्छ ।
धनिया मधुमेह तथा उच्च रक्तचापका विरामीका लागि समेत लाभदायी हुन्छ । यसले सरीरमा इन्सुलिनको मात्रा सन्तुलित गर्ने, कोलेस्टेरोल तथा चिनीको मात्रा समेत सन्तुलित गर्न मद्दत गर्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस