बुटवल – गुल्मीका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकका ३६ वर्षिय पुरुषको मृत्यु भएको हो । उनी जेठ २ गते भारतबाट आएर धुर्कोट गाउँपालिका–४ जैसिथोकस्थित पाञ्चायन माविको क्वारेन्टिनमा बसेका थिए ।
उनी दुई वर्षदेखि क्यान्सर र पायल्सको रोगी थिए । तम्घास अस्पतालका डा. कविराज भुसालका अनुसार जेठ १२ गते संक्रमण पुष्टि भएका उनलाई थप उपचारका लागि जेठ १३ गते तम्घासस्थित आइसोलेशनमा ल्याईएको थियो ।
थप उपचारको लागि बुटवल लैजानुपर्ने बताए पनि उनी आफैले बुटवल जानका लागि अस्वीकार गरेको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।
नेपाली सेनाले राति नै उनको शव धुर्कोट गाउँपालिका–४ जैसिथोकस्थित एक जंगलमा व्यवस्थापन गरेको छ ।
यसभन्दा पहिले मदाने गाउँपालिकाका ४१ बर्षिया पुरुषको रूपन्देहीमा उपचारका क्रममा मृत्यु भएको थियो । यो सँगै गुल्मीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस