सोल-दक्षिण कोरियाली सरकारले राजधानी सोलमा सामाजिक दुरीलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ ।
हालका दिनहरुमा सामाजिक संक्रमणको दर बढ्न थाले सँगै सरकारले उक्त संक्रमणलाई कम बनाउन उक्त कदम चाल्न लागेको प्रधानमन्त्री चुङ सेइ क्युनले बताएका छन् ।
उनले सोलमा संक्रमण पुनः फैलन सक्ने सम्भावनालाई मध्य नजर गर्दै सो निर्णय गरिएको बताएका छन् ।
सरकारले लागु गरेको सामाजिक दुरी कायम गर्ने समय आज सकिदै छ । पछिल्ला दिनहरुमा संक्रमण फैलने दर ह्वात्तै बढेको बताउदै प्रधानमन्त्री क्युनले संक्रमणले राजधानी सोल तथा आसपासका क्षेत्रहरुमा ठूलो प्रभाव पार्न सक्ने भन्दै जनतालाई सरकारको कोरोना रोकथामको अभियानमा साथ दिन अपिल समेत गरेका छन् ।
सरकारले संक्रमण पश्चात सिनेमा हल, संग्राहलय, पार्क जस्ता सार्वजनिक तथा भीडभाडका क्षेत्रहरुलाई २ हप्ता सम्म बन्द गराएको थियो ।
हाल ति स्थानहरु खुला गरिएता पनि संक्रमण फैलिए पश्चात सरकारले सामाजिक दुरी कायम राख्न अनुरोध गरेको हो । सरकारले सामाजिक दुरीलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गराइने समेत स्पष्ट पारेको छ ।
सरकारको उक्त निर्णय राजधानी सोलका अलावा इन्छन तथा ख्यंगी प्रान्तका क्षेत्रहरुमा समेत लागु गरिने छ । पछिल्लो पटक विहिवार मात्र राजधानी सोल र वरपरका क्षेत्रमा क्लस्टर संक्रमणबाट ५६ जनामा कोरोना संक्रमण पाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस