काठमाडौँ- संविधान संशोधन दोस्रो संशोधन विधेयक, २०७७ मा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको सहमति रहेपनि विधेयक पारित गर्न मतविभाजन मार्फत हस्ताक्षर नै गराइने भएको छ ।
सभामुख अग्नि सापकोटाले हस्ताक्षरका लागि राखिएको हस्ताक्षर पुस्तिकाको अवलोकन गरिसकेका छन् ।
प्रतिनिधि सभा सदस्यहरुले मतपत्रमा ‘हुन्छ” र ‘हुन्न’मा चिन्ह लगाउने छन्।
संविधान संशोधन विधेयक पारित गर्न संसद सदस्यको दुई तिहाई आवश्यक पर्दछ ।
संविधान र नियमावलीको व्यबस्था अनुसार संविधान संशोधन विधेयक मतविभाजन मार्फत गरिने भएकोले सांसदहरूले हस्ताक्षर गर्दैछन् । शनिवार प्रतिनिधि सभामा भएको दफावार छलफलमा सबै दलले समर्थन गरेको घोषणा गरिसकेका छन् ।
दफावार छलफल सकिएपछि सभामुखले मतविभाजन मार्फत विधेयकको पक्ष विपक्षमा मतदान गर्न समय दिनेछन् ।
विधेयको विपक्षमा रहेकी समाजवादी पार्टीकी सांसद सरिता गिरीले बैठक बहिस्कार गरेकी छिन् ।
सभामुखले समय दिएपछि सांसदहरूले बैठक कक्षको लवीमा रहेको हस्ताक्षर पुस्तिकामा गएर मत जाहेर गर्नेछन् ।
प्रतिनिधि सभामा २ सय ७५ सांसद रहने व्यबस्था रहेपनि रेशम चौधरी, हरिनारायण रौनियार, मोहम्मद अफ्ताव आमल लगायत ४ सांसद निलम्बनमा छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस