नेपालगञ्ज – कोरोना महामारीका कारण भारतबाट घर फर्कन नेपाल भित्रिएकाहरु असुरक्षित यात्रा गर्न बाध्य छन् । भारतबाट दुःख कष्ट झेलेर जसोतसो नेपाल भित्रिएका उनीहरु सीमानाकाबाट गाउँसम्म पुग्ने सवारी साधन व्यवस्थित नहुँदा एउटै गाडीमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यता छ ।
भारतबाट नेपालगञ्जस्थित जमुनाह नाका हुँदै फर्किने यात्रुलाई गाउँसम्म पु-याउन सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर पठाइने भए पनि यात्रा असुरक्षित हुने गरेको छ । कतिपय स्थानीय तहले भारतबाट फर्किने यात्रु ओसार्न फोहर सङ्कलन गर्नै टिपरको समेत प्रयोग गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले बताए ।
दुई हप्ताअघिमात्रै भारतका विभिन्न शहरबाट नेपालगञ्जको जमुनाह नाका हुँदै नेपाल भित्रिएका १२ जनाले अकालमै ज्यान गुमाएका छन् । २० जनाको सिट क्षमता रहेको मिनीबसमा ३३ जना सवार हुँदा घर जान हिँडेका २१ जना दुर्घटनामा घाइते भई भेरी अस्पतालमा भर्ना भएका छन् ।
क्षमताभन्दा बढी यात्रु सवार उक्त मिनीबसका चालकले मादक पदार्थ सेवन गरी तीव्र गतिमा चलाएको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक बमले बताएका छन् । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले भारतबाट आउने नागरिकलाई ओसार्न टिपर पठाउने गरेकाले त्यसमा रोक लगाएको बताएका छन् । बसमा क्षमताअनुसारको यात्रु बसालेर सुरक्षित तवरले नागरिकलाई घर पु-याउन आग्रह गर्दा पनि चालकको लापर्वाहीले दुर्घटना हुने गरेको उल्लेख गरेका छन् ।
भारतले रेल र बस सेवा सञ्चालनमा ल्याएपछि दैनिक दुई हजार ५०० देखि तीन हजारसम्म नेपाली नेपालगञ्ज नाका हुँदै नेपाल फर्किने गरेकोे इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक माधव रिजालले जानकारी दिएका छन् । उनका अनुसार भारतले रेल सेवा सञ्चालन गरेपछि भारतका विभिन्न ठाउँबाट सीमाक्षेत्रमा अलपत्र परेका प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसमेत गरेर करिब ५० हजार नेपाली नागरिक जमुनाह नाकाबाट नेपाल प्रवेश गरेका छन् ।
अहिले प्रत्येक दिन दुईदेखि तीक हजारसम्म नेपाली नागरिक नेपालगञ्जस्थित जमुनाह नाकामा जम्मा हुने गरेको उनको भनाइ छ । नेपाल–भारत सीमानाका पूर्णरुपमा बन्द रहे पनि भारतबाट घर फर्किएर अलपत्र परेका नेपाली नागरिकलाई सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरेर घर पठाइने गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताएका छन् ।
उनका अनुसार, नेपालगञ्ज नाकाबाट भित्रिने नेपाली अधिकांश कोरोना सङ्क्रमण बढी भएको भारतको महाराष्ट्र र दिल्लीबाट आउने गरेका छन् । बाँकेमा कोरोना पुष्टि भएका अधिकांश भारतको महाराष्ट्रबाट आएका नेपाली छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस