काठमाडौँ – आत्महत्या बढ्यो भनेर विवरणहरु बाहिर आएपछि गृह मन्त्रालयका अधिकारी र सुरक्षा अधिकारीबीच बुधबार बैठक समिक्षा गरिएको थियो । उक्त बैठकले केही छिटफुट गम्भीर प्रकृतिका घटना भए पनि समग्रमा आपराधिक घटनामा कमी आएको निष्कर्ष निकालेकोे छ । आत्महत्याका घटना समेत विगतको भन्दा कमी नै रहेको बैठकको निष्कर्ष छ ।
प्राप्त विवरण अनुसार गत आवको चैत, वैशाख र जेठको तुलनामा चालु आवको सोही अवधि ३२८ ले आत्महत्यामा कमी आएको देखिएको छ । यद्यपि, यसमा चालु आवको जेठ १५ सम्मको मात्रै घटना समेटिएको छ । । पन्ध्र दिनमा यति धेरै घटना नहुने प्रहरीको भनाइ छ । कतिपय घटनाहरु सामाजिक चेतना र प्रहरीको सक्रियताले पनि बाहिर आउने गरेका छन् ।
चालु आवको चैत, वैशाख र जेठमा कोभिड–१९ का कारण सरकारले लकडाउनको आदेश जारी गरेको थियो । सोही अवधिको अभिलेख विश्लेषण गर्दा बन्दाबन्दी कै कारण आत्महत्या बढेको अभिलेखले नदेखाउने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही बताउछन् । उनका अनुसार औसत विवरण विगतको भन्दा केही कम देखिन्छ । कतिपय आत्महत्या बन्दाबन्दीसँग जोडिएको हुनसक्ने भए पनि त्यसरी अध्ययन नभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तथ्याङ्कमा झुण्डिएर आत्महत्या गरेका घटना भने निक्कै बढी देखिन्छन् ।
आव २०७५-७६ को चैत, वैशाख र जेठमा एक हजार ६६७ आत्महत्याका घटना भएको अभिलेख छ । त्यसमा झुण्डिएर मात्रै एक हजार २०० जनाको मृत्यु भएको थियो । विष खाएर ३५८ जनाको ज्यान गएको छ । चैतमा ४६९, वैशाखमा ५९७ र जेठमा ६०१ जनाले आत्महत्या गरेका थिए । वर्षमा कुल पाँच हजार ७५४ घटना भएकामध्ये झुण्डिएर मात्रै चार हजार ३१२ ले आत्महत्या गरे ।
चालु आवको चैत, वैशाख र जेठ १५ सम्मको अभिलेख अनुसार एक हजार ३३९ जनाले आत्महत्या गरेका छन् । यसमा १५ दिनको घटना आउन बाँकी छ । त्यसमध्ये एक हजार १३० जनाले झुडिएर आत्महत्या गरेका छन् । चालु आवको चैतमा ४८३, वैशाखमा ५७७ र जेठमा २७९ जनाको मृत्यु भएको थियो । चालु आवको जेठ १५ सम्म चार हजार ५८३ वटा आत्महत्याका घटना भएकामा झुण्डिएका मात्रै तीन हजार ६९० रहेको छ ।
आव २०७४-७५ को चैत, वैशाख र जेठमा आत्महत्याका एक हजार ४४७ घटना भएको थियो । यो चालु आवको तीन महिनाको सङ्ख्या भन्दा १०९ ले बढी हो । सबैभन्दा बढी झुण्डिएर एक हजार ७१ जनाले आत्महत्या गरेका छन् । विष खाएर ३५५ जनाको मृत्यु भएको छ ।
सोही आवको चैतमा ४५६, वैशाखमा ५०३ र जेठमा ४८८ आत्महत्याका घटना भएका थिए । सोही आवमा कुल पाँच हजार ३१७ जनाले आत्महत्या गरेकामा झुण्डिएर मात्रै तीन हजार ८६७ जनाले मृत्युवरण गरे । अन्यले आगो लगाएर, करेन्ट लगाएर, पानीमा हाम्फालेर, तथा हातहतियारको प्रयोग गरेर आत्महत्या गरेका थिए ।
नेपाल प्रहरीका प्रवक्ता शाही विगतको वर्षको तुलनामा यो वर्ष आत्महत्याको दर बढेको भने नदेखिने बताए । “दुई वर्षको तुलना गर्दा लकडाउन कै कारण मात्र आत्महत्या बढेको भन्ने तथ्यले देखाउँदैन, विगतको तुलनामा अझै केही कमी आएको छ, बढेको छैन,” शाहीले भने ।
उनका अनुसार लकडाउनका कारण आपराधिक घटना भने ६० प्रतिशतले कमी आएको छ । जबर्जस्ती करणी तथा घरेलु हिंसाका घटना भने देखिएका छन् । त्यो प्रहरी र समुदायको सक्रियताले बाहिर आएको उनि ठाँनछन् । केही कत्र्तव्य ज्यान तथा भवितव्यका घटना समेत यो अवधिमा घटेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस