गर्मी महिनामा मान्छेको शरिर चाँडै शिथिल हुन्छ । शिथिल शरिरमा उर्जा भर्ने सबै भन्दा सरल तथा सजिलो तरिका भनेको उखुको जुसको सेवन ।
उखु पहाड तथा तराईमा प्रसस्तै पाइन्छ । उखु नेपालमा हेर्ने हो भने प्रमुख नगदे बाली अन्तरगत पर्दछ । यसको प्रयोग जुस बनाएर पिउनुका अलावा सख्खर बनाउन, चीनी बनाउन समेत प्रयोग गरिन्छ ।
उखुको मानव शरीरसँगको सम्बन्ध एकदम महत्वपुर्ण छ । यसको सही प्रयोग हाम्रा लागि बरदान हुन्छ भने प्रयोग गलत गरिदा अभिसाप बन्न सक्छ । शरिरमा रोगको स्थिति हेरेर यसको प्रयोग गर्न सक्दा फाइदा धेरै छन् । स्वास्थ्य समस्या भएकाहरुका हकमा भने प्रयोगमा सजगता अपनाउनु हितकर हुन्छ । जानौ उखुका फाइदा तथा बेफाइदा ।
१ – गाउँघरतिर उखु काँचै खाने चलन बढी छ । साथै, पेलेर गुद वा सख्खर बनाएर खाइन्छ । उखुमा चिनीको मात्रा बढी हुन्छ । ठीक मात्रामा उखु वा उखुजन्य पदार्थ सेवन गर्दा स्वास्थ्यका लागि फाइदा नै हुन्छ । यद्यपि, उमेर र अवस्था हेरेर उखु खान आवश्यक छ । जस्तै, बढी शारीरिक परिश्रम गर्ने मानिस अर्थात् क्यालोरी बढी खपत हुनेले उखु खाएमा त्यसले खासै असर गर्दैन ।
२ – उखुमा क्यालोरी बढी नै हुन्छ । त्यस्तै, कार्बोहाइड्रेट र ग्लुकोज पनि पाइन्छ । यसर्थ, उखु खाएमा ऊर्जा दिने, स्फूर्ति बढाउने, रगतमा ग्लुकोजको मात्रा कायम हुन्छ । तर, फाइदा हुने नाममा धेरै उखु सेवन गर्नु पनि हानिकारक हुन्छ भन्ने बुझ्न जरुरी छ ।
३- स्वस्थ व्यक्तिका लागि सामान्यतया दिनमा २५ सयदेखि तीन हजार क्यालोरी आवश्यक हुन्छ । जो ब्रेकफास्टदेखि बेलुकाको खानासम्मका लागि हो । हो, उखुमा दिनभरलाई धान्न सक्ने क्यालोरी पाइन्छ । तर, उखु बढी खाएमा मोटोपना बढ्न सक्छ । यसप्रति सचेत हुनुपर्छ ।
४- मधुमेहका बिरामीले सकभर उखु नखानु र खाए पनि मात्रा कम गर्न उचित हुन्छ । उखुमा प्रशस्त मात्रामा पाइने सुगरले यस्ता बिरामीलाई असर गर्छ ।
५ – चिनीको मात्रा दिनमा एक सय ५० ग्रामभन्दा बढी भएमा इन्सुलिनको मात्रा घट्दै जान्छ । जसले उच्च रक्तचाप र कोलेस्ट्रोल बढ्ने सम्भावना रहन्छ ।
६ – उखुको अत्यधिक सेवनले शरीरमा ग्लुकोजको मात्रा बढेर मोटोपनको सम्भावना उच्च हुन्छ । साथै, मधुमेह लाग्ने खतरासमेत रहन्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस