सोल-हालैका दिनहरुमा उत्तर कोरिया तथा दक्षिण कोरिया बीच दक्षिण कोरियामा भइरहेका उत्तर कोरिया विरोधि प्रदर्शनहरुलाई लिएर तनाव उत्पन्न भइरहेका छन् ।
पछिल्लो समय उत्तर कोरियाले दक्षिण कोरियालाई ‘शत्रु’को संघ्या दिदै आफ्नो तर्फबाट दक्षिण सँगको सम्पुर्ण सम्पर्क वन्द गरेको बताएको छ ।
पछिल्ला यी घटनाहरुबारे मौन बसेको दक्षिण कोरियाले पहिलो पल्ट आफ्नो धारणा सार्वजनिक गरेको छ ।
उत्तर कोरियाले धम्की दिए पश्चात दक्षिणले सम्पर्क स्थापित गर्ने प्रयास गरेको तर उत्तरबाट कुनै पनि प्रतिकृया नआएको बताउदै सम्बन्ध सामान्य अवस्थामा नआए सम्म उक्त सम्पर्क केन्द्रको प्रयोग नगर्ने दक्षिण कोरियाले जनाएको छ ।
दक्षिण कोरियाका एकिकरण मन्त्रालयका प्रवक्ता यो-साङ की का अनुसार उत्तरले आफ्नो रबैयामा परिवर्तन नगर्दा सम्म उक्त सम्पर्क कार्यालय सञ्चालनमा नल्याइने स्पस्ट पारेका हुन् ।
उत्तर कोरिया आफैले सम्पर्क कार्यालय सञ्चालनमा ल्याउने सहमति नगरे सम्म आफूहरु सो बारेमा केही नबोल्ने पनि प्रवक्ता यो-साङ की ले बताएका छन् ।
उक्त सञ्चार कार्यालय दुई देश बिचको समझदारीमा दुबै देशका अधिकारीहरुले आवश्यक सम्पर्क स्थापित गर्न सन् २०१८ मा उक्त सम्पर्क केन्द्र स्थापना गरेका थिए ।
यस बर्षको जनावरी सम्म खुल्ला रहेको उक्त कार्यालय कोरोना संक्रमणको जोखीम पश्चात कर्मचारी विहिन बनेको थियो । उत्तरको एकतर्फी घोषणा पश्चात भने उक्त कार्यालय पुर्ण रुपमा बन्द गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस