प्योङयाङ-उत्तर कोरियाली नेता किम जोङ उनले पोलिटव्युरो बैठक सम्पन्न गरेका छन् । बैठकमा रसायनिक उद्योगहरुलाई कसरि अझ शसक्त रुपमा अगाडी बढाउने भन्ने बारे छलफल भएको थियो । बैठकमा दुई कोरिया बिचको सम्बन्धको विषयमा कुरा हुन सक्ने सम्भावना भएता पनि त्यसो नभएको समाचारमा जनाइएको छ ।
केही दिन अघिबाट दक्षिण कोरियामा भइरहेका उत्तर विरोधि आन्दोलनका कारण उत्तर कोरियाले दक्षिण कोरियालाई धम्की पुर्ण सन्देश पठाएको उत्तर कोरियाको उक्त बैठकमा सो विषयमा पनि छलफल हुन सक्ने आँकलन गरिएको थियो ।
बैठकमा उत्तर कोरियाले आफूलाई कसरि आत्मनिर्भर बनाउने तथा आफ्ना श्रोत र साधनहरुको कसरी सही सदुपयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको उत्तर कोरियाली आधिकारीक सरकारी सञ्चार माध्यम केसिएनएले जनाएको छ ।
किमले उक्त बैठकमा आफ्नो देशमा प्रचुर मात्रामा पाइने कोइलालाई ग्यासमा परिणत गर्न सकिने सम्भाव्यताको विषयमा छलफल गरिएको थियो । त्यसो गर्न सकिए उर्जाका क्षेत्रमा नयाँ आयाम आउने किमले बताएका छन् ।
शुक्रवार उत्तर कोरियाले दक्षिण कोरियालाई आफू विरुद्ध भइरहेका प्रदर्शन नरोके परिणाम गलत हुने बताएको थियो । सो घटना पश्चात पोलिटव्युरो बैठकमा उक्त विषय बारे चर्चा हुन सक्ने आँकलन समेत गरिएको थियो ।
उत्तर कोरियाले गत शुक्रवार एक धम्कीपूर्ण वक्तव्य निकालेको थियो । वक्तव्यमा भनिएको थियो- ‘यदि दक्षिण कोरियाले ती गतिविधिहरुमा नियन्त्रण नगरे जेउङमाङ्ग हिमाल तर्फको पर्यटकीय यात्रा पनि पुर्ण रुपमा बन्द गरिने छ ।’
किमका बहिनी किम यो जोङको भनाइ अनुसार यदि दक्षिण कोरिया सो विषयमा गम्भिर नभएमा दुइ देशबिच सम्पर्क स्थापित गर्ने सम्पर्क केन्द्र समेत बन्द गरिने छ ।
उत्तर कोरियाले दक्षिण कोरियासँग सन् २०१८मा भएको सैन्य सम्झौता खारेज गर्ने समेतको चेतावनी दिएको छ ।
उत्तर कोरियाबाट देश निकाला गरिएका नागरिकहरुलाई उक्साई उत्तर विरोधि गतिविधिमा संलग्न गराईएको, उत्तर कोरियाको विरोध जनाईएका नारा अंकित बेलुनहरु सिमा क्षेत्रमा उडाउने लगायतका गतिविधि हाल दक्षिण कोरियाबाट भइरहेको बताउदै समयमै उक्त समस्याको समाधान नगरे उत्पन्न सम्पुर्ण परिस्थितिको जिम्मेवार रहन समेत उत्तर कोरियाले चेतावनी दिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस