काठमाडौँ – आज सोमबार देशभरको मौसम दिनभर सामान्यदेखि आंशिक बदली हुने सम्भावना रहेको छ ।
प्रि–मनसुनको समय भएकाले मौसम बदली तथा केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा अहिले स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा बिहारमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।
अहिले बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागमा सामान्य बदली रहेको छ भने प्रदेश १ र कार्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भइ बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।
यस्तो छ ३ दिनको मौसम पूर्वानुमान
जेठ २६ गते (सोमबार)
दिउँसोः प्रदेश १, बागमती, गण्डकी, र कर्णाली प्रदेशहरुमा सामान्य बदली तथा बाँकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती ,गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश २ र प्रदेश ५ र सुदुर पश्चिमका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका भू-भागहरुमा सामान्य बदली रहनेछ भने बाँकि प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती ,गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश २ र प्रदेश ५ र सुदुर पश्चिमका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
जेठ २७ गते (मंगलबार)
दिउँसोः प्रदेश १, गण्डकी, बाग्मती, कर्णाली, सु.प प्रदेशमा सामान्य बदली तथा प्रदेश २ र ५ मा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती ,गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली, सु.प, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर आन्शिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
जेठ २८ गते (बुधबार)
दिउँसोः देश भरि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती ,गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली, सु.प, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः प्रदेश १, बागमती ,गण्डकी प्रदेशका भू-भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू-भागमा आन्शिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
प्रदेश १, बागमती ,गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा सुदुर पश्चिम, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस