काठमाडौँ – राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)ले दर्ताका लागि निर्वाचन आयोगमा निवेदनसहित आवश्यक कागजात बुझाएसँगै दल दर्ताको कानूनी अड्चन टुंगिएको छ । तर, शीर्ष नेताहरुको वरीयता विवाद भने यथावत छ । जसका कारण दल दर्तासम्बन्धी काम अगाडि बढाउन नेताहरुलाई सुरुदेखि नै सकस परेको थियो ।
आइतबार दिउँसो राजपा र समाजवादीका शीर्ष नेताहरुले कार्यविभाजन टुंगाएको जानकारी दिएका थिए । जसअनुसार संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेता अशोक राई र राजेन्द्र महतो थिए ।
तर, अन्तिम समयमा ठाकुरले पहिलो वरियतासहित कार्यकारी अध्यक्षमा अडान लिएपछि विवाद उब्जिएको थियो । विवाद लम्बिदै जाने र ४५ दिनको समयसीमा नाध्ने खतरा भएपछि भट्टराई आफैंले अहिले वरिष्ठ नेतामा रहने गरी आयोगमा कागजात बुझाउने प्रस्ताव गरेका थिए । त्यसैअनुसार कागजात बुझाइएको र आपसी सल्लाहमा थप कार्यविभाजन हुने नेता नवराज सुवेदीले बताए ।
उनका अनुसार आयोगमा बुझाइएका कागजातमा पार्टीको बैठक बसेर आवश्यकताअनुसार परिमार्जन गर्ने र वरीयता टुंगाइने छ । सुरुमा पहिलो वरियताको अध्यक्षसहित संघीय परिषद् अध्यक्षमा भट्टराईलाई जिम्मेवारी दिने निर्णय थियो । ठाकुर र उपेन्द्र यादव क्रमशः दोस्रो र तेस्रो वरियतामा रहने र उनीहरुले कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्ने सहमति थियो ।
विवाद भएपछि आयोगमा बुझाएको कागजातमा ठाकुर र यादव कार्यकारी समितिको अध्यक्ष छन् भने अशोक राई, भट्टराई र राजेन्द्र महतोको नाम वरिष्ठ नेतामा छ । कान्तिपुर दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस