हाल तराइ तथा पाहाडका बँगैचामा रातै लटरम्म फल्ने फल हो लिची । बर्खामासको थकान तथा तिर्खा दुबै मेट्न सहयोगी फल हो लिची । लिची सर्वसुलव फलको रुपमा लिइन्छ ।
ससाना रुखमा लटरम्मै फल्ने यो फलले प्रकृतिमा नयाँ आभा त दिन्छ नै, त्यसका अलावा यो फल स्वाद र स्वार्थ्यका दृष्टिकोणले पनि उत्तिकै महत्वपुर्ण छ ।
लिचीमा हाम्रो शरिरमा आवश्यक तत्वहरु भरपुर पाइन्छन् । यसमा भिटामिन सी तथा पोटाशियम प्रसस्त मात्रामा पाइन्छ ।
यसका अलावा यसमा भएको पानी तथा गुलीयो पदार्थले शरिर स्वस्थ राख्न मद्दत गर्दछन् ।लिचीमा ६५ प्रतिशत क्यालोरी हुन्छ जुन शरीरका लागि लाभदायी हुन्छ ।
यति धेरै गुणकारी लिचीले हाम्रो स्वास्थ्यमा अनेकौँ फाइदाहरु गर्दछ । जति स्वादिलो हुन्छ, त्यो भन्दा धेरै स्वस्थकर हुन्छ लिची । जानौ न त लिचीका फाइदाहरु ।
१- लिचीमा प्रशस्त मात्रामा मिनरल्स, क्याल्शियम, फस्फोरस, म्याग्नेशियम हुन्छ जुन शरीरको बिकासका लागि फाइदाजनक हुन्छ ।
२- लिचीमा भिटामिन सी तत्व हुन्छ जसले त्वचामा चमक ल्याउनुका साथै शरीरमा रोगप्रतिरोधात्क क्षमता बढाउछ र पाचन शक्तिलाई मजबुत बनाउन मद्दत गर्छ ।
३- लिचीको सेवनले शरीरमा रगतलाई सफा र स्वस्थ राख्नमा मद्दत गर्छ ।
४- लिचीको सेवनले महिलाहरुमा हुने स्तन क्यान्सर रोग लाग्नबाट जोगाउँछ ।
५-लिचीको सेवन गर्नाले ब्लडप्रेशर कन्ट्रोल गर्न मद्दत गर्छ ।
६- लिचीको सेवन गर्नाले शरिरको रोग प्रतिरोधात्मक क्षमता मजवुत बनाउछ ।
७-लिचीको प्रयोगले रक्त सञ्चारलाई सहज र स्वस्थ बनाउन मद्दत गर्दछ ।
८- लिचीको नियमित प्रयोगले शरिरका हड्डीहरु मजबुत बनाउदछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस